टाइगर कप भलिबल : गण्डकी, एपिएफ र पुलिस विजयी

आदर्श समाज सम्वाददाता
माघ २८, २०७७
Volleyball Photo 1

तस्बिर : उमेश पुन

पोखरा । प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०७७ अन्तर्गत दोस्रो दिन बुधबार पुरुषतर्फ एपिएफ र गण्डकी प्रदेश विजयी भएको छ ।

बुधबार नै भएको महिला तर्फको खेलमा नेपाल पुलिस क्लबले नेपाल आर्मीलाई पराजित गरेको छ । पुरुषतर्फ एपिएफले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा र गण्डकी प्रदेशले नेपाली सेनाको आर्मी क्लबलाई ३–१ ले हरायो । टाइगर ग्रुप पोखराको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत पुरुषतर्फ पहिलो खेलमा गण्डकी प्रदेशले आर्मीलाई ३–१ सेटमा पराजित गरेको हो । गण्डकीले २२–२५, २५–१४, २५–१८ र २५–१७ सेटमा आर्मीसँग खेलको नजिता आफ्नो पक्षमा परेको हो ।

दोस्रो खेलमा पुलिसलाई एपिएफले ३–२ को सेटले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा एपिएफ २७–२५ ले विजयी भएको थियो । दोस्रो सेटमा एपिएफ २५–२० ले विजयी भएको थियो । तेस्रो सेटमा पुलिस २५–२० ले विजयी हुन पुग्यो । पुलिसले चौथो सेटमा २५–९ ले एपिएफलाई सहजै हरायो । पाँचौं सेटमा भने एपिएफले पुलिसलाई १५–१० अंकले पराजित गरेको थियो ।

महिलातर्फ नेपाल पुलिस क्लबले लगातार दोस्रो जीत निकालेको छ । बुधबार भएको महिला तर्फको एकमात्र खेलमा पुलिसले नेपाल आर्मीलाई ३–१ सेटले हराएको हो । पहिलो सेट पुलिसले २५–१८ ले गुमाएको थियो । भने दोस्रो, तेस्रो र चौथो सेट लगातार जितेको थियो । पुलिसले दोस्रा सेट २५–२२, तेस्रो २५–२३ र चौथो सेटमा २५–१६ को सहज जीत निकालेको थियो ।

लगातार दोस्रो जितसँगै पुलिसको फाइनल यात्रा बलियो बनेको छ । पहिलो खेलमा मंगलबार पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान १ लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले ७५ हजार र तृतीयले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिए ।

यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०–२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेनडर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…
  • गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सपना प्रधान…

hero news full width