बागलुङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा २ धारमा विभाजन भएपछि यतिबेला नेकपाको समूहकै सक्रियता यतिबेला ह्वात्तै बढेको छ । प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमविरुद्व दाहाल÷नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी बागलुङले जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे तिखो अभिव्यक्ति दिएर चर्चामा आएका नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाक्रीले राष्ट्रपति संस्था सम्माननीय रहेको सबैलाई थाहा छ भन्दै उनले राष्ट्रपतिले सास समेत कानुन अनुसार फेर्नुपर्ने बताइन् । उनले राष्ट्रपतिमाथि प्रश्न गर्ने अधिकार सबैलाई रहेको भन्दै जथाभावी काम गर्ने राष्ट्रपतिप्रति आफूले प्रश्न भनाइ राखिन् ।
राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई फेरि दोहो¥याउनु गलत भएको प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधान कागजको खोस्टो मात्रै भएको बताइन् । उनले भनिन्, ‘सलामी र मान खाने पदमा मान्छे किन दोहो¥याइ, दोहो¥याइ किन जान्छन् स्पष्ट भएको छैन, धन्न १ जना व्यक्ति २ पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने कुरा संविधान लेखेको रहेछ ।’
राष्ट्रिय सभाका सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता दीनानाथ शर्मा, केन्द्रीय सदस्य वलावती शर्मा, नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश सदस्य हीराबहादुर केसी, गण्डकी प्रदेशका सांसद चन्द्रबहादुर बुढा, गण्डकी प्रदेशका सचिवालय सदस्य श्रीप्रसाद शर्मा लगायत नेताले केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको घोरभत्र्सना गर्दै प्रतिगमनविरूद्व अझै सशक्त आन्दोलन गर्ने धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९गण्डकीमा प्रतिपक्षी दलको सहमतिपछि विनियोजन ऐन संशोधन विधेयक पेस
माघ २०, २०७९मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
माघ २०, २०७९चर्को ब्याजदरले छटपटी : घरमै पुगेर ऋणीलाई टर्चर !
माघ २०, २०७९बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
माघ २०, २०७९