पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले मंगलबार पोखरामा १६ जना ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले उद्घाटन गरे । कास्कीका ७, स्याङजाका ४, तनहुका २, लमजुङका १ र मुस्ताङका २ जना तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।
सांसद विष्ट, तमु समाज बेल्जियमका अध्यक्ष विकास तमु, पहिलो नेपाल स्टार एलिना तमु, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु, तमु सांस्कृतिक प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीजंग तमु, निवर्तमान अध्यक्ष चिजकाजी तमु, पूर्वअध्यक्ष झम तमु, सल्लाहकार मेनकाजी तमु, सल्लाहकार रुद्रकुमारी मैना तमु, तमु धिं नेपालका केन्द्रीय सदस्य गोपाल तमु लगायतले छात्रवृत्ति वितरण गरेका थिए ।
छात्रवृत्ति प्राप्त विद्यार्थीहरुलाई प्रतिष्ठानका उपाध्यक्ष हिरादेवी तमुले व्यक्तिगत रुपमा यातयात खर्च स्वरुप जनही ५ सय रुपैयाँ र शैक्षिक सामग्री प्रदान गरिन् । सांसद विष्टले तमु सांस्कृतिक प्रतिष्ठान नेपालले अत्यन्तै उदाहरणीय कार्य गर्दै ग्रामीण भेगका गरिब तथा जेहेन्दार तमु विद्यार्थीको शैक्षिक मार्गनिर्देशक बनेको भन्दै प्रसंसा गरे ।
Related News
सम्बन्धित समाचार
विसं २०७८ मा तीन दशैँ
गलेश्वर मन्दिर पित्तलले छाइने
‘एक साँझ शिवका माझ’
विसं २०८० ‘कालिका दर्शन वर्ष’
आज सोनाम ल्होसार, सरकारले दियाे बिदा
hero news full width
मुख्य समाचार
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७