पोखरा । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश समितिको अन्तर जिल्लास्तरीय भेला पर्वत जिल्लाको दुर्लुङमा सम्पन्न भएको छ । भेलाको कुश्मा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले उद्घाटन गरे । महासंघले तयार गरेको क्यालकुलेसन मेनुअल डायरी सोही कार्यक्रमबीच विमोचन भयो ।
वडाध्यक्ष पाध्याले सरकारले मुद्रण व्यवसायीका समस्याप्रति ध्यान दिनुपर्ने बताए । महासंघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र बजिमयको अध्यक्षतामा भएको भेलामा सल्लाहकार स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, मुद्रण व्यवसायी दिनेश अर्याल, जयमाँ आमा समूह दुर्लुङ काफलचौकी उपाध्यक्ष रत्नकुमारी गुरुङ र मुद्रण संघ कास्कीका उपाध्यक्ष किरण श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक सदस्य राजन श्रेष्ठले स्वागत तथा वरिष्ठ उपाध्यक्ष खगेन्द्र अर्यालले धन्यवाद ज्ञापन गरेका थिए । सदस्य मनोहर दाहालले स्वागत गरेको कार्यक्रम सञ्चालन महासचिव वसन्त बास्तोलाले गरेका थिए । आन्तरिक पर्यटन वृद्धि गरी ग्रामीण विकासमा सघाउने उद्देश्यसहित मुद्रण महासंघ गण्डकीले आफ्ना हरेक बैठक एवं भेला ग्रामीण क्षेत्रमा गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग
सुनकाे मूल्य १७०० ले घट्यो
hero news full width
मुख्य समाचार
यसरी शुरु हुँदै छ संसद
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७