आहा रारा गोल्ड कपका लागि मुल आयोजक समिति गठन

आदर्श समाज सम्वाददाता
माघ २८, २०७७
aaha rara

पोखरा । आहा रारा गोल्ड कप फुटबलको १९ औं संस्करणको सफल पार्न ५ सय १ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । सहारा क्लबका कार्यसमिति, मानार्थ सदस्य र सल्लाहकारहरुको संयुक्त बैठकले क्लब अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा मुल आयोजक समिति गठन भएको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

क्लवका निर्वतमान अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा १ सय १ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।

१९ औं संस्करणको आहारारा गोल्ड कप फुटबल प्रतियोगिताको संयोजकमा क्लबका वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ (सुरज) चयन भएका छन् ।

प्रतियोगितालाई सफल पार्न १६ वटा उपसमिति गठन भएको छ ।

पोखरामा चैत १७ गते देखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको हो ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width