पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा फागुन १ गते हुने ‘१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सफल बनाउन पोखरेली पर्यटन व्यवसायी उत्साहित देखिएका छन् ।
पोखरामा पर्यटन व्यवसायीहरुको १ भेलामा पोखरा म्याराथन उत्साहित मात्रै भएका छैनन् उनीहरुले आफ्नो प्रतिवद्धता समेत जाहेर गरेका हुन् । पोखरा महानगर ६ का वडाध्यक्ष जगतबहादुर पहारीले सदा झैं पोखरेलीहरु पोखरा म्याराथन सफल बनाउन एक जुट भएको बताए । उनले पोखरालाई विश्व मानचित्रमा पोखरालाई चिनाउन पोखरा म्याराथनको भूमिका महत्वपूर्ण रहेकोले सवै संघ संस्थाहरुको उत्तिकै महत्वपूर्ण भूमिका हुनुपर्ने कुरामा जोड दिए । आफ्नो वडा पर्यटन क्षेत्रको वडा समेत रहेकोले म्याराथन सफल बनाउन ६ ले कुनै कसर बाँकी नराख्ने बताए ।
अग्रज पर्यटन व्यवसायी तथा मञ्चका सल्लाहकार गणेशबहादुर भट्टराईले पोखरा म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट नगद २५ हजार प्रदान गर्ने घोषणा गर्दै यसको सफलताले पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा परिचय गराउन भूमिका खेल्ने बताए । पर्यटन व्यवसायी अग्नि कँडेलले व्यक्तिगत रुपमा म्याराथन सफल बनाउन ७ हजार प्रदान गर्ने घोषणा गर्दै सबैको सहयोगले नै पोखरा म्याराथन सफल हुनेमा विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन कार्यालयका प्रमुख काशि भण्डारी, पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई, रेबानका अध्यक्ष लक्ष्मण बराल, पर्यटन बोर्डका पूर्व सदस्यद्वय बासु त्रिपाठी र टीकाराम सापकोटा, हानका अध्यक्ष विकल तुलाचनलगायत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जाहेर गरेका छन् ।
कार्यक्रममा फिटनेस व्ययवसायी सन्दिप विकले पोखरा म्याराथन सफल बनाउन मञ्चका अध्यक्ष तेज गुरुङलाई नगद १० हजार प्रदान गरेका छन् । अध्यक्ष गुरुङले उक्त अवसरमा पोखरेली पर्यटन व्यवसायीलाई पोखरा म्याराथन सफल बनाउन आग्रह गर्दै म्याराथनले खेलकुदका माध्यबाट पार्ने सकारात्मक प्रभाव पार्ने विषयमा जानकारी गराएका थिए ।
यसैबीच पोखराका विभिन्न अस्पताल, एम्बुलेन्स सेवा, फिजियोथेरापी र प्राइभेटकारका सञ्चालकहरुबीच पोखरामा भएको १ भेलाले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जाहेर गरेका छन् । मञ्चका प्रथम उपाध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल, एम्वुलेन्स सेवा, फिजियोथेरापी र प्राइभेटकारका सञ्चालकहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । पोखरा म्याराथनका विभिन्न रुटमा २८ वटा एम्बुलेन्स सँगै विभिन्न अस्पतालमा धावकहरुको उपचार सेवा, फिजियोथेरापिस्ट, नेपाल रेडक्रसका स्वयंसेवक तथा विभिन्न सामाजिक संस्थाको सहभागिता रहने छ ।
Related News
सम्बन्धित समाचार
भलिबल उपाधि विधान स्पोर्ट्स हाउस वालिङलाई
नेपालकै ठूलो धनराशिको फुटसल
सुरु भयो बिटी कपको १४ औं संस्करण
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
सचिन स्मृति दौडको उपाधि भारतीय सेना गुरुङलाई
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७