बालविवाह गर्न काभ्रेदेखि पोखरा आएकाे जाेडी पक्राउ

आदर्श समाज सम्वाददाता
माघ २७, २०७७
Child Marriage

पोखरा । बाल विवाह गर्न खोज्ने २ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाएको छ ।

सोमबार काभ्रेबाट भागेर आएका बालबालिकालाई १ मन्दिरमा विवाह गर्न लग्दै गर्दा नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

१८ वर्षीय केटा र १९ वर्षीया केटी काभ्रेबाट भागेर ५ दिन अगाडि हिनेको प्रवक्ता हमालले बताए ।

उनीहरु काठमाडौं हुँदै पोखरा आएर विवाह गर्दैछन् भन्दै बालिकाका आफन्तको जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा खोजतलास गर्दै जाँदा पोखराकै १ मन्दिरमा विवाह गर्दै गर्दा भेटेर परिवारको जिम्मा लागएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width