विप्लव समूहका बागलुङ जनसरकार प्रमुख पक्राउ

आदर्श समाज सम्वाददाता
माघ २६, २०७७
rajkot-arrest

बागलुङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङका जनसरकार प्रमुखसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समूह बागलुङका जनसरकार प्रमुख छम सेन भनिने भुवन सेन र अर्का प्रकाश माझीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताए । उनीहरुलाई बडिगाड गाउँपालिका–२ सल्लेपोखराबाट पक्राउ गरिएको हो । बागलुङ जनसरकार प्रमुख सेन ढोरपाटन नगरपालिका–२ का स्थानीय हुन् ।

उनीहरुकोे साथबाट प्रचा पम्ल्पेट भेटिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान रहेको भन्दै प्रहरी निरीक्षक देवकोटाले अनुसन्धानपछि मुद्दा दर्ता गरिने बताए । प्रहरीका अनुसार उनीहरुलाई अभद्र सम्बन्धी मुद्दा लगाउने तयारी भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width