हेमजा । गण्डकी प्रदेश सरकारले शिक्षकसँग प्रत्यक्ष भेटघाट सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले त्यसको प्रबन्ध मिलाएको हो ।
मन्त्रालयले अघि सारेको गण्डकी समाज सभ्य समाज अन्र्तगत ‘हामी सचेत छौं’ अभियानको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका बीच शिक्षकहरुसँग भेटघाट सुरु भएको हो । अनौपचारिक रुपमा विभिन्न छलफल गरिए पनि सरकार निर्माणको ३ वर्षपछि मात्रै प्रदेश सरकारले प्रत्यक्ष भेटमा चासो दिएको हो ।
भेटका लागि प्रदेशका विभिन्न स्थानीय तहबाट सामाजिक विषयका माध्यमिक तहका शिक्षक पोखरा आएका छन् । उनीहरुसँग प्रदेशले अबको २० वर्षपछिको गण्डकी कस्तो बनाउने भन्ने विषयमा छलफल सुरु गरेको छ ।
माध्यमिक विद्यालयका सामाजिक शिक्षक प्रदेश सरकारले थालेको सभ्य समाज अभियानको सद्भावदूत
हालका विद्यालय तहका बालबालिका अबको २० वर्षपछिको देश तथा प्रदेश हाँक्ने जनशक्ति भएको ठहर गर्दै मन्त्रालयले ती बालबालिकालाई कस्तो शिक्षा दिने भन्ने विषयमा शिक्षकसँग छलफल थालेको हो । जसअन्र्तगत प्रदेशभरका ६७ विद्यालयमा नमुना परियोजनाका रुप्मा गण्डकी समाज सभ्य समाज कार्यक्रम लागु गर्ने तयारी गरिएको छ ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुन्दर, शान्त, समृद्घ प्रदेश बनाउने अभियानमा आफूहरु रहेको बताए । बालबालिकालाई काँचो माटोसँग तुलना गर्दै मुख्यमन्त्री गुरुङले उनीहरुको सिकाइमा संवेदनशील बन्न पनि आग्रह गरे । समाज सभ्य होस् भन्ने चहाना जो कोही नागरिकको पनि हुने मुख्यमन्त्री गुरुङको भनाइ छ ।
पोखरामा दिनप्रतिदिन लागुऔषध प्रयोगकर्ता बढ्दै गएकोमा गुरुङले चिन्ता समेत प्रकट गरे । प्रदेश राजधानी समेत रहेको पोखरा सभ्यतापूर्ण हुनुपर्ने उनको ठहर छ । लागुऔषध प्रयोगकर्ता बढ्दै जाँदा त्यसले मुख्यमन्त्रीको शिर निहुराउने काम त गरेको छ नै भन्दै मुख्यमन्त्री गुरुङले अधिकांश हत्या, हिंसा र बलत्कारका घटना मदिरा सेवनकै कारण हुने गरेको तथ्य पनि अगाडि सारे ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले समाजलाई सभ्य बनाउने दायित्व आम नागरिकको भएको औंल्याए । अहिलेका किशोर किशोरीलाई नैतिक शिक्षा दिई उनीहरुलाई सब्य, अनुशासित, चरित्रवान नागरिक बनाउनुपर्ने उनको भनाइ थियो । समाज बुझ्ने भन्दा पनि बदल्ने कुरा महत्वपूर्ण रहने उनको ठहर छ । लागुऔषधका कारण आत्महत्या, बलत्कारजस्ता जधन्य अपराधले प्रश्रय पाइरहेको मन्त्री चुमानले बताए ।
मन्त्रालयका सचिव केदारनाथ शर्माले सहभागि शिक्षकलाई सभ्य समाज अन्तर्गतको सद्भावदूतको संज्ञा दिँदै कार्यक्षेत्रमा फर्किइ जिम्मेवारी वहन गर्न आग्रह गरे । उनले विद्यालयमा ‘हामी सचेत छौं’ समूह निर्माण गर्नुपर्ने पनि बताए ।
कार्यक्रममा मन्त्रालयका उपसचिव काशीराम गैरे, सूचना अधिकारी खुबीराम पोखरेल लगायतले पनि धारणा राखेका थिए । उनीहरुले बालबालिकालाई अधिकारका साथसाथै कर्तव्यको पनि ख्याल गराउनुपर्ने, मानवता, देशप्रेम र स्वाभलम्बी प्रवृति बारे पनि बुझाउनुपर्ने धारणा राखे ।
प्रशिक्षणमा प्रदेश अन्र्तगतका १ स्थानीय तहबाट १ माध्यमिक विद्यालयका सामाजिक विषय शिक्षकको सहभागिता छ । प्रशिक्षण ३ दिनसम्म चल्नेछ । गण्डकीका पूर्वी तथा दक्षिणी क्षेत्रका जिल्लालाई लक्ष्य गरी बन्दीपुरमा पनि यसै प्रकृतिको प्रशिक्षण दिने तयारी पनि मन्त्रालयले गरेको छ ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७