दोस्रो चरणको खोप अभियान शुरु

रासस
माघ २६, २०७७
Vaccine

काठमाडौँ, २६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ ।

पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप शुरु गरेको हो । दोस्रो चरणको खोप पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा अग्रपंतिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले जानकारी दिनुभयो ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएपछि बचेको खोप नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, मालपोल कार्यालय, नापी कार्यालय, स्थानीय तह, बैंकका कर्मचारी र पत्रकारलाई प्रदान गरिन थालेको हो ।

पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने भने तापनि लक्ष्यभन्दा कमले खोप लगाएका छन् । पहिलो चरणको खोप खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइएको थियो । उहाँका अनुसार पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आजैदेखि र अन्यलाई दुई–तीन दिनपछि लगाइने छ ।

आगामी चरणमा पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई शुक्रबारसम्म खोप लगाइने छ । ‘पत्रकार र कूटनीतिक नियोगका कर्मचारीवाहेक अग्रपंतिमा काम गर्ने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ’, उहाँले भन्नुभयो, ‘दुई–तीन दिनपछि उनीहरुलाई पनि खोप लगाइने छ ।’ अग्रपंतिमा काम गर्ने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ । उहाँका अनुसार यस चरणमा करीब तीन लाख जनालाई खोप लगाइने छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन सवारी साधनका चालक, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाआश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई लगाइएको थियो ।

पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट र कूटनीतिक नियोकलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट खोप दिन थालिएको छ । दोस्रो चरणको खोप पनि १० दिन भित्रसक्ने तयारी गरेको छ । पत्रकारले खोप लगाउनका लागि आफ्नो परिचयपत्र खुल्ने गरी र सूचना विभागको पत्र लिएर जानुपर्ने हुन्छ ।

Related News

सम्बन्धित समाचार

    • संक्रमित खोज्न वडा तहमा एन्टिजेन

      सविन लामिछाने असार ७, २०७८
      दमौली । शुक्लागण्डकी ७ का ३५ वर्षीय पुरुषले वडास्तरमा खटिएको स्वास्थ्यकर्मीको टोलीसमक्ष स्वाब दिए । एन्टिजेनमार्फत गरिएको परीक्षणमा रिपोर्ट भने…
    • सत्ता किचलोले बजेटमा विलम्ब

      आदर्श समाज सम्वाददाता असार ७, २०७८
      पोखरा । गण्डकीमा अहिले सत्ता किचलो बढी छ । संविधानको धारा १६८ (५) अनुसार गठित कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले जेठ…
    • २३ करोडको रामायण पार्क बन्ने

      साधन राम्जाली असार ७, २०७८
      म्याग्दी । बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको…
    • कास्कीमा निषेधाज्ञा खुकुलो, जोरबिजोर आधारमा निजी गाडी चल्ने

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा, ६ असार । कास्कीमा विभिन्न सेवा खुकुलो पार्दै निषेधाज्ञा अवधि एक साता बढाइएको छ । जसमा निजी सवारीसाधन जोरबिजोर…
    • प्रदेश नीति तथा योजना आयोगमा तनहुुँका काफ्ले

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले…

    hero news full width

    sanil ads

    wordlink ads