म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा बेलबहादुर कटुवाल सर्वसम्मत भएका छन् । शनिबार राति सम्पन्न संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट कटुवाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । कटुवाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष हुन् ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, द्वितीय उपाध्यक्ष लीलाराम गौतम, महासचिव अमित बानिया, कोषाध्यक्ष सुर्वण रिजाल, सचिव सुमन श्रेष्ठ, सह–सचिव बाबुराम आचार्य र सह–कोषाध्यक्ष नारायण जिसी रहेका छन् ।
यसैगरी, अधिवेशनले महिला उद्यम विकास समिति अध्यक्षमा लक्ष्मी भण्डारीसहित ३७ सदस्यीय कार्यसमिति चयन गरेको छ । सहसचिव पदका लागि ६ जना आकांक्षी देखिएका थिए । सहमति नभएपछि सह–सचिव पदका लागि गोलाप्रथा गरिएको थियो ।
जिल्लाका ५ वटै गाउँपालिकास्तरीय बजार इकाईका अध्यक्षसहित मनोनीत सदस्यहरुको समेत सपथ ग्रहण गराइएको छ । अध्यक्ष कटुवालले आफ्नो कार्यकालमा समग्र जिल्लाका उद्योगी, व्यापारीको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता जनाए ।
उनले जिल्लाभित्रका उद्योग व्यवसायीको समस्या र आवश्यकताका बारेमा जानकार रहेको समेत बताए । नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठ, केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष उत्तमकुमार कर्मचार्य, पूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, जीवनकुमार विश्वकर्माले बधाईसहित प्रमाणपत्र वितरण गरेका थिए ।
यसअघि अधिवेशन उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिानाले उद्योग व्यवसाय खोल्न स्थानीय सरकारले पहल गर्नुपर्नेमा जोड दिए । ‘उद्योग व्यवसायबाट मात्र राष्ट्र समृद्ध बन्न सक्छ,राष्ट्रलाई धनी बनाउन स्थानीय सरकारले उद्योगलाई प्रवद्र्धन, प्रदेश सरकारले उद्योग ग्राम खोल्न र
संघिय सरकारले कानुनमा भएका झन्झटिला निति, नियम एवं कार्यविधिमा सहजिकरण गरेर प्रोत्साहन गर्नुपर्छ,’ अध्यक्ष तिमिल्सिनाले भने ।
संविधान सभाका सदस्य नवराज शर्माले समेत प्रधानमन्त्री ओलीको कदमको स्वागत गरे भने अर्का संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, गण्डकी प्रदेश सदस्य विनोद केसीले अलोकतान्त्रिक र गैर राजनीतिक गतिविधि भन्दै टिप्पणी गरे । कार्यक्रममा पत्रकार हरिकृष्ण गौतम र सन्तोष गौतम सम्मानित भएका छन् ।
Related News
सम्बन्धित समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
लेखा परीक्षणका समस्या हटाउन जोड
सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७