पूर्व विद्यार्थी मञ्च संगम मावि चन्द्रकोटको अध्यक्षमा नवीन

Avatar आदर्श समाज सम्वाददाता
माघ २५, २०७७
Sangam Ex Student_AGM Photo_4

अन्नपूर्ण । पूर्व विद्यार्थी मञ्च संगम मावि चन्द्रकोटको अध्यक्षमा नवीन गुरुङ चयन भएका छन् । शनिबार अन्नपूर्ण गाउँपालिकाको चन्द्रकोटमा भएको पहिलो अधिवेशनबाट उपाध्यक्षमा शिवभक्त देवकोटा, सचिवमा लक्ष्मीनारायण देवकोटा, कोषाध्यक्षमा आशबहादुर गुरुङ र सहसचिवमा चूडामणि देवकोटालाई चयन भए ।

सदस्यमा ताराप्रसाद गुरुङ, प्रेमप्रसाद चापागाई, सम्पूर्ण गुरुङ, दिनेश कुमार जिसी, आशबहादुर विक, सुनील देवकोटा र मनोज क्षत्री चयन भए ।
मञ्चका आजीवन सदस्य एवं विद्यालयका पूर्व शिक्षक एकदेव देवकोटाको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलले उक्त नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । निर्वाचन मण्डलको सदस्यमा राजमान गुरुङ र नारायण क्षत्री थिए ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले शिक्षाको स्तर माथि उकास्न विद्यार्थी संख्यामा भन्दा पनि शैक्षिक गुणस्तर वृद्धिमा जोड दिए । उक्त कार्यक्रममा संगम माविको भौतिक तथा शैक्षिक विकासका लागि मञ्च मार्फत् यसैवर्ष आर्थिक सहयोग गर्ने विभिन्न ३१ जना सहयोगदातालाई खादा र प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका ६, चन्द्रकोटस्थित संगम माध्यमिक विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुलाई संगठित गरी पारस्परिक भाइचारा सम्बन्धको अभिवृद्धि गर्ने उद्देश्यले २ वर्ष अघि मञ्च स्थापना भएको हो ।

Related News

सम्बन्धित समाचार

    • अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता

      Avatar आदर्श समाज सम्वाददाता फागुन २१, २०७७
      पोखरा। नेशनल प्याव्सन कास्कीको आयोजनामा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ३१ विद्यालयको सहभागिता छ । शुक्रबार उद्घाटन अवसरमा…
    • पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू

      जमुना वर्षा शर्मा जमुना वर्षा शर्मा फागुन २१, २०७७
      पोखरा । पोखरा विश्वविद्यालयले यही शैक्षिक सत्रबाट उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत चारवर्ष स्नातक तहको अध्ययन सुरु गर्ने भएको छ ।…
    • एकैपटक ३४ शिक्षक सरुवापछि मुद्दा

      rss रासस फागुन २०, २०७७
      बाँके । डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय…
    • एसओएसमा विद्यार्थी परिषद्

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      पोखरा । एसओएस स्कुल पोखरा १७ घारीपाटनमा बुधबार विद्यार्थी परिषद्को पदस्थापन तथा सपथग्रह कार्यक्रम सम्पन्न भएको छ । कोभिडका कारण…
    • बेवारिसेका अभिभावक विद्यालय

      Avatar आदर्श समाज सम्वाददाता फागुन १७, २०७७
      पाँचथर, १७ फागुन । फिदिम नगरपालिका–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालय कहिल्यै बिदा हुँदैन । विद्यार्थी जस्तै प्रधानाध्यापक र शिक्षक…

    hero news full width

    sanil ads

    wordlink ads