पोखरा
केशव सुवेदीको स्वर र सुमन श्रापितको संगीतमा रहेको विनोद गौचनको रचना अमृत भनी पिएको म्यूजिक भिडियो शनिवार सार्वजनिक गरिएको छ ।
सुप्रसिद्ध चलचित्र निर्देशक तुलसी घिमिरे र समाजसेवी विश्वमोहन गौचनले भिडियोे संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
विश्वमोहन गौचनले एड्स रोगप्रतिको नकारात्मक सोच बदल्न आफूले गीत र डकुमेन्ट्री बनाएको स्मरण गर्दै गीत संगीत समाजमा सचेतना जगाउने बलियो माध्यम भएको बताए ।
तुलसी घिमिरेले सुटिङका क्रममा पोखरा धेरै पटक आएर धेरै बसे पनि औपचारिक कार्यक्रममा दश वर्ष अघि पोखरामा गीति संग्रहकै सन्दर्भमा आएको स्मरण गरे । उनले पोखरा सर्जक र सृजना जन्माउने उर्वर भूमि रहेको बताए । गीतकार विनोद गौचनको प्रसंग जोड्दै घिमिरेले सर्जकको भौतिक शरीर नरहे तापनि सृजना कहिल्यै नमर्ने धारणा राख्दै गीत सबै हिसाबले उत्कृष्ट रहेको बताए ।
सोही समारोह बीच राष्ट्रिय संगीतकर्मी संघ गण्डकीकातर्फबाट नेपाली गीत संगीत र चलचित्रको क्षेत्रमा पुर्याएकाे योगदानको उच्च मूल्यांकन गर्दै घिमिरेलाई सम्मान पनि गरिएको थियो ।
भिडियोको समीक्षा गर्दै मदन भण्डारीले गौचनका पुराना गीत जस्तै यो गीत पनि अमृत झै कालजयी बन्ने धारणा व्यक्त गरे । कार्यक्रममा नवराज बराल, गीतका संगीतकार सुमन श्रापित, संस्थाका सल्लाहकार पद्मराज ढकाल, म्युजिक भिडियोका कलाकार देशभक्त सिंह कुँवर, जनवादी गायक काजी गाउँले, वरिष्ठ तवलावादक श्यामलाल श्रेष्ठ, व्यवसायी दशरथ सुनार लगायते मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष करन तामाङले स्वागत र सञ्चालन सचिव बालकृष्ण वाग्लेले गरेका थिए । भिडियोमा देशभक्त सिंह कुँवर, सम्झना थापा बानियाँ, काजी गाउँले, अभिलेख घिमिरे, सिम्रन बानिया, बेबिका बस्नेत, भूमिका थापाको अभिनय रहेको छ । भिडियोको निर्देशन र सम्पादन सञ्जु सुनारले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नृत्य र गायनमा सप्तरंगी प्रतिभाको खोजी हुने
आरतीको ‘लुकी लुकी मायाले’ सार्वजनिक
सजनाको ‘याद’ सार्वजनिक
सुमन र जेबिकाले जिते गोल्डेन आइडल उपाधि
धनबहादुर गायकको शोक सभा : साधना र सिर्जनाका कारण धनबहादुर गायक अम्मर रहनेछन्
hero news full width
मुख्य समाचार
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७