सवारी लाइसेन्सको लिखित परीक्षा पास भए १८ महिनासम्म ट्रायल दिन पाइने

आदर्श समाज सम्वाददाता
माघ २५, २०७७
lisence

पाेखरा ।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास गरेकाले अब १८ महिनासम्म ट्रायल (प्रयोगात्मक) परीक्षा दिन पाउने भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता डा। लोकनाथ भुसालले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।

लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीन पटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने नियम आइतबार परिवर्तन गरिएको विभागले जनाएको छ।

‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्‍याएको हो’, विज्ञप्तिमा भनिएको छ।

सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा ९ट्रायल० पास भएको एक वर्षभित्र राजस्व तिर्नुपर्ने, राजस्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको हो।

Related News

सम्बन्धित समाचार

  • गठबन्धन निरन्तर

    रासस मंसिर १९, २०७९
    काठमाडौं ।  पाँचदलीय सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको…
  • दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा, १९ मंसिर । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका…
  • प्रत्यक्षतर्फ प्रदेशसभा : कांग्रेस १११ स्थानसहित पहिलो

    रासस मंसिर १९, २०७९
    काठमाडौं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार…
  • प्रत्यक्षतर्फको मतगणना सकियो, कांग्रेसलाई ५७, एमालेलाई ४४ सिट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना सकिएको छ। सोमबार बिहान दोलखामा नेकपा माओवादी केन्द्र विजयी भएसँगै मतगणना सकिएको हो। प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका…
  • छोरी जन्मिए बैंक खातामा ५ हजार

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए ५ हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो…

hero news full width