पोखरा । लामो समयदेखि युवायुवतीले गाडीको लाइसेन्स लिन पाएका छैनन् । कहिले लकडाउन त कहिले के वाहाना । अनि दरखास्तका लागि अनलाइन फारम भर्ने भनिए पनि प्राविधिक गडबडी भन्दै प्रभावकारी हुन सकेको छैन ।
यातायातकै कर्मचारीलाई भनसुन गरेदेखि गाडी, मोटरसाइकल र स्कुटरको लाइसेन्स पाइन्छ भनिन्छ । यसमा भित्रकै कर्मचारीले सेटिङ गरेको सुन्नमा पनि आउँछ कहिले काँही । कर्मचारीसँग सेटिङ मिलाउन यातायातमा ठूलै गिरोह सक्रिय छ । ती गिरोहका कतिपय सदस्यले पैसा लिएर काम फत्ते पनि गरिदिएका छन् । कति त पैसा तिरपछि पनि अनि झुलाउने र अन्त्यमा काम नै नहुने समस्याबाट आजित छन् ।
यस्ता काममा ड्राइभिङ स्कुल सञ्चालक नै क्रियाशील हुने गरेको पाइएको छ । यस्तै आरोपमा पक्राउ परेका छन् पोखराको चाउथेस्थित मेट्रो ड्राइभिङ स्कुल एन्ड प्रि टेस्ट सेन्टर सञ्चालक ४९ वर्षे खगेन्द्रप्रसाद काफ्ले ।
यातायात कार्यालयका कर्मचारीसँग चिनजान छ । ट्रायल टेस्टमा फेल भए पनि सजिलै लाइसेन्स निकालिदिन्छु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा काफ्ले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी सुवास हमालले बताए ।
उनको साथबाट विभिन्न कागजपत्र, लाइसेन्स ३ थान, विभिन्न नमुना प्रश्नपत्र, नगद ९० हजार, मोबाइल २ वटासहित वरामद गरिएको छ । उनलाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी कसुरमा १० दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
hero news full width
मुख्य समाचार
गण्डकीमा खोप भण्डारगृह शिलान्यास
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७