पोखरा । पत्रकार राजाराम पौडेलको गीति संग्रह ‘लकडाउन–१२०’ पाठकसमक्ष आएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट सिंगो विश्व प्रभावित बनेको बेला नेपालमा गरिएको १ सय २० दिने लकडाउन सदुपयोग गर्दै उनले १ सय २० वटा गीत, गजल, रोइला, दोहोरीगीत लगायत समेटेर पुस्तकाकार दिएका हुन् ।
उक्त कृतिको शनिबार आयोजित समारोहमा प्राज्ञ एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, राष्ट्रिय लोक तथा दोहोरीगी प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, स्रष्टाकी छोरी आहाना पौडेलले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
प्राज्ञ हरिदेवी कोइरालाले स्रष्टालाई आगामी कृतिको पनि शुभकामना दिँदै साहित्यिक क्षेत्रमा एउटा इँट्टा थपिएको बताइन् । कृति समीक्षा गर्दै साहित्यकार जीवनसागर भण्डारीले स्रष्टा पौडेलको पहिलो प्रयास अनुकरणीय भएको बताए ।
समारोहमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, प्रतिष्ठान पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, पत्रकार महासंघ जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, गीतकार आरजू विष्ट सल्यानी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, साहित्यकार रेशम गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पोखरा थियटरको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता परिवर्तन र सञ्चालन साहित्यकार रुपिन्द्र प्रभावी कटुले गरेका थिए । कृतिको प्रकाशक बिएन पुस्तक संसार हो । भाषिक शुद्धता तथा सम्पादन विजय नेपाल र रुपिन्द्र प्रभावी कटुले गरेको कृति १ सय ४४ पृष्ठको छ ।
Related News
सम्बन्धित समाचार
‘चुल्ठो’ : कविताको खडेरीमा राहत
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
हेमराज पहारी पुरस्कार मकवानपुरकाे झरना साहित्यिक परिवारलाई
लोककवि अलि मियाँको स्मरण
सुरेश बडालको ‘रहर’ लोकार्पण
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७