एनसेल बाह्रखरी गल्फ उपाधि पूर्वसचिव कार्कीलाई

पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार

आदर्श समाज सम्वाददाता
माघ २४, २०७७
Gulf Group Photo

पाेखरा । एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव अर्जुन कार्कीले हात पारेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण गल्फ प्रतियोगितामा उनले ३५ स्कोर गर्दै उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा विजयी कार्कीले सुनको बलसहित ट्रफी हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी भारतीय खेलाडी रवीन्दर साइनी, एआइजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ स्कोर गरेका थिए ।

जसमध्ये साइनीले काउन्ट ब्याकमा उपविजेताको ट्रफी हात पारे । उपविजेताको उपाधि हात पार्न साइनीले दोस्रो हाफमा १९ स्कोर गरे । जहाँ पालले १७ र गौचनले १५ स्कोर गरेका थिए । बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे । त्यसको निम्ति उनले २८ ग्रस पोइन्ट हासिल गरेका थिए ।

महिलातर्फको स्पर्धामा रेखा घिमिरे २३ अंक प्राप्त गर्दै विजयी बनिन् । जसमा पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन् । ६० वर्षमाथिका खेलाडीको स्पर्धामा टेन्डी शेर्पा ३० अंक बटुलेर विजयी भए ।

पोखराका खेलाडी रमेश गुरुङले तीनवटा बडिज प्रहार गर्दै मोस्ट बडीजतर्फको उपाधि हात पारे । त्यस्तै क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट डइभको उपाधि जिते । चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगिताका ७४ खेलाडी सफल हुन सकेनन् । तथापी क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे । उनी होल इन गर्नबाट ६ इञ्चको दुरीबाट चुकेका थिए ।

यो एक दिवसीय प्रतियोगिता १८ होल स्टेबल फोर्ड फर्म्याटमा तीन चौथाइ ह्यान्डीक्यापमा खेलाइएको थियो । प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पुरस्कार प्रदान गरे ।

समापन समारोहमा मुख्यमन्त्री गुरुङले प्रतियोगिताले पोखरामा आफूहरुलाई पर्यटकको सम्भावनालाई उत्कृष्ट बनाउन सफल भएको बताए । साथै बाह्रखरीले पोखराको पर्यटनमा नयाँ आयाम ल्याएको उनले बताए ।

‘पर्यटकको आगमनको प्रतीक्षामा थियौं । यसै समयमा बाह्रखरीले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता ग¥यो । यसलाई हामीले सहजै रुपमा स्वीकार ग¥यौं । कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न यो प्रतियोगिताले ठूलो भूमिका खेलेको छ,’ गुरुङले भने ।

उनले बाह्रखरीले गरेको कार्यक्रमले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताउँदै अब आउँदो प्रतियोगिता मनाङमा गर्न अनुरोध गरेका थिए । यस्तो खाले प्रतियोगिताले पर्यटन क्षेत्रमा राहत मिल्ने भएकाले फरक–फरक क्षेत्रमा प्रतियोगिता गर्न सुझाव दिएका थिए ।

मन्त्री गुरुङले कार्यक्रमका लागि सहयोग गर्ने एनसेललगायतका कर्पोरेट संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै पर्यटन मन्त्री भानुभक्त ढकालले ‘एनसेल बाह्रखरी गल्पm’ले पर्यटन क्षेत्रको प्रर्वद्धन गर्न भूमिका खेलेको बताए ।

पर्यटन प्रवर्द्धन गर्नका लागि यस्ता खालका गतिविधि आवश्यक रहेको बताउँदै उनले पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन गल्फ प्रतियोगिता सफल भएको बताए ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले बाह्रखरीसँगको सहकार्यले पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । विगतका वर्षहरुझैं यो वर्ष पनि बाह्रखरीले कोभिड १९ को महामारीले असर गरेको बेलामा कार्यक्रम गर्ने साहस देखाएको भन्दै प्रशंसा गरेका थिए ।

यस्तै बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधानले गल्फ प्रतियोगिता आयोजना गर्न प्रमुख प्रायोजक एनसेलसहित अन्य सहयोगी कर्पाेरेट संस्थाहरुलाई धन्यवाद दिए । पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि नै पोखरामा गल्फ प्रतियोगिता आयोजना गरिएको भन्दै उनले यसले पोखरासहित नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा उपस्थित पाहुनाका लागि बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।

विभिन्न स्पर्धामा विजयी खेलाडीहरुलाई सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, वरिष्ठ कलाकारद्ववय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अभिनेत्री मनिषा कोइराला, मिस नेपाल नम्रता श्रेष्ठले सम्मान गरेका थिए ।

कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्त पारेको वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाई नै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष पोखरामा ‘एनसेल बाह्रखरी गल्फ’ आयोजना गरिएको हो ।

प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीको सहभागिता थियो । गल्फरबाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जी जम्पिङ्, ¥याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गरिएको थियो ।
पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले शुक्रबार साइकल ¥याली आयोजना गरिएको थियो । ¥यालीको पोखराका मेयर मानबहादुर केसीले उद्घाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सदनबाट विश्वासको मत लिने प्रयासलाई अर्धबिराम लगाएर मुख्यमन्त्री खगराज अधिकारीले बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री…
  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…

hero news full width