घान्द्रुक उक्लेर हिमालतिर तेर्सियो मोटरबाटो

प्रकाश ढकाल
माघ २४, २०७७
ghandruk road

पोखरा । घान्दु्रकले पर्यटक स्वागत गरेको अहिलेमात्र होइन । सन् १९५० मा मउरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फिरन्तेहरु त्यो क्षेत्रमा देखिन थाले । हर्जोगले लेखेको पुस्तक पढेर नेपाल, पोखरा अनि अन्नपूर्ण फेरो घुम्न निस्किनेहरु बढे ।

अहिले अधिकांश विदेशी पर्यटकको घान्दु्रक घुमाई अनिवार्य जस्तै छ, जो पोखरा आइपुग्छन् । त्यहाँको विकास र प्रबद्र्धनमा सघायो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले । सन् १९८६ मा एक्याप घान्द्रुकबाटै सुरु भयो । एक्यापले बनाएको पदमार्ग अहिले पनि विश्वकै सबैभन्दा उत्कृष्ट पदमार्गमा दर्ज छ । यो क्षेत्रको पर्यटन पदमार्गसँग जोडिएको छ । पदयात्रा पर्यटनले सडक रुचाउँदैन ।

केही वर्षअघिसम्म सडक गाउँभन्दा निकै वर थियो । सडक पुगेपछि पर्यटक आउँदैनन् भन्ने गाउँलेलाई थाहा थियो । त्यसैले सडक खोल्न कसैले जोड गरेनन् । अहिले स्थानीय सरकार गाउँमै छ । घान्द्रुकसँग प्रदेश र संघ सरकारको पहुँच नहुने कुरै भएन । संघीयताले घान्दु्रकलाई बाटो कोसेली दियो ।

किम्चे खोलासम्म गाडी आउजाउ गर्न थालिसकेको छ । ‘अघिल्लो वर्ष बाटो खुल्यो । गाडी आएपछि चामल त सस्तोमा आयो तर पर्यटक आउँदैनन् कि भन्ने चिन्ता छ,’ घान्दु्रकका अगुवा जगन गुरुङ भन्छन्, ‘बाटो समयको माग हो । गाउँलेको दुख देखाएर सरकारले मनपरी खोतल्न थाल्यो । यसो नगरौं भन्दा कसले सुन्ने ?’ किमलुङ खोलाले पारेको क्षति कम गर्न तटवन्ध गर्ने काम देखाएर बाटो पु¥याइएको हो । अघिल्तिर हिमालको शृंखला, साथमा पुराना संस्कृति । गुरुङ बाहुल्य गाउँ घान्द्रुकलाई विश्वले चिन्ने पहिचान यही हो । अन्नपूर्ण बेसक्याम्पको ढोका पनि हो, घान्द्रुक ।

आजभोलि न पुरानो संस्कृति पर्याप्त छ, न हिमालमा हिउँ देखिन्छ । ‘हेर्दाहेर्दै हिमाल कालो भयो । वातावरण बिग्रिँदै गयो । हिमाललाई सेतो बनाउने ध्यान कसैको पुगेन,’ गुरुङले दुखी हुँदै अघि थपे, ‘यो बेला डाँडाकाँडा दुलही सिंगारिएको जस्तो हुन्थ्यो । खै आजभोलि त हिउँ छुन पनि सपना जस्तै भयो ।’ वातावरणको मनपरि विनास गर्दा जलवायु परिवर्तनको असर देखिन थालेको उनको अनुभव छ ।

वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङ जनअपेक्षा अनुसार विकासलाई पछ्याएको बताउँछन् । ‘जनतालाई दुख छ । बाटो लैजादा बजार सस्तो बनेको छ,’ उनले भने, ‘नलैजाँदा जनता नमान्ने । लैजाँदा अरु नमान्ने भयो ।’ किमलुङ खोलाबाट कुनै पनि हालतमा बाटो अघि नबढाउने उनको भनाइ छ । ‘यहिँसम्म मात्रै हो । त्यहाँबाट अघि बढ्दैन,’ उनी भन्छन्, ‘धेरैले चासो र चिन्ता गर्नुभएको छ । तर रोक्नै सकिएन ।’ अहिले घान्दु्रकबाट सिधै पोखरासम्म बस चल्छ । बाटो खुलेपछि आन्तरिक पर्यटकहरु बेलुकी पुगेर बिहानै फर्किन थालेका छन् ।

बाटो रोक्ने प्रयास धेरै गरे पनि नसकिएको एक्यापले जनाएको छ । ‘दिउँसो काम गर्न दिँदैनन् भनेर राति खने । हामीले घान्दु्रकसम्म पनि लैजान हुँदैन भनेको हो,’ एक्यापका सूचना अधिकारी ऋषि बरालले भने । एक्याप घान्द्रुक प्रमुख शैलेन्द्र यादवले नेपाल सरकारकै नीति अनुसार बाटो खन्ने काम रोक्न नसकिएको बताए । ‘सबै वडामा सडकको कनेक्सन पु¥याउने सरकारको नीति छ । बाटो नखन्नु भन्न हामीले सकेनौं,’ उनले भने, ‘क्षति न्यूनीकरण गरेर रुखहरु काट्न नपर्ने गरी रुट पहिचान गरेका छौं । एक्यापले निगरानी गरिरहेको छ । वातावरणीय प्रभावको मूल्यांकन हामीले गरेका छौं ।’

चालु वर्ष सडक फराकिलो बनाउन अन्नपूर्ण गाउँपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको छ । यसको काम भइरहेको छ । गाउँपालिका अध्यक्ष युवराज कुँवर पालिकाको चाहना विपरीत बाटो बनाउनु परेको सुनाउँछन् । ‘उरीमा वडा कार्यालय छ । त्यहाँसम्म लैजानै प¥यो । त्योभन्दा उता नखन्ने भनेर पालिकाले रोकेको हो,’ उनले भने, ‘हामीलाई थाहा नै नदिइ स्थानीयले खनेका हुन् । किम्चेखोलााट गिटी बालुवा ल्याउन बाटो पु¥याए ।’ सडक पुगे पनि वैकल्पिक पदमार्गमा भने पालिकाले जोड दिएको उनको भनाइ छ । कुँवरका अनुसार पालिकाभरि गएको वर्ष ११ किलोमिटर भन्दा बढी पैदलमार्ग बनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width