पोखरा । विश्व हिन्दू महासंघ पोखरा महिला नगर समिति अध्यक्षमा आदर्श समाज दैनिकका व्यवस्थापक दुर्गादेवी बास्तोला चयन भएकी छन् ।
कार्यसमिति वरिष्ठ उपाध्यक्ष मञ्जु बिक, उपाध्यक्ष मथुरा गिरी, माया भण्डारी केसी, महासचिव सपना गिरी, सचिव दीपा पौडेल, मैयाँकुमारी भूर्तेल र कोषाध्यक्ष पुष्पा गिरी रहेका छन् ।
साथै समितिमा ३३ सदस्यीय नगर महिला समिति गठन भएको छ ।
केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पीठाधीश डा. लेखनाथ आचार्यले हिन्दू राष्ट्र निर्माणमा मातृशक्तिको आवश्यकतामा जोड दिए । उनले घर, समाज र राष्ट्र निर्माणमा मातृशक्तिबाट धार्मिक संस्कार र संस्कृतिको शिक्षा अनिवार्य हुनुपर्नेमा जोड दिए ।
विश्व हिन्दू महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खरालले हिन्दू राष्ट्र निर्माणको लागि मेची–महाकाली अभियान सुरु गरिने जानकारी दिए ।
सो कार्यक्रममा महासंघ कास्की अध्यक्ष पार्वता पौडेल, ओमकार सन्देशका प्रधानसम्पादक भीमलाल लामिछाने, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष सपना गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महासचिव माया भण्डारी केसीले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्णकुमारी थापाले प्रस्तुत गरेका थिए ।
सो अवसरमा महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित शंकर खराललाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
विसं २०७८ मा तीन दशैँ
गलेश्वर मन्दिर पित्तलले छाइने
‘एक साँझ शिवका माझ’
विसं २०८० ‘कालिका दर्शन वर्ष’
आज सोनाम ल्होसार, सरकारले दियाे बिदा
hero news full width
मुख्य समाचार
‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
फागुन १९, २०७७पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फागुन १९, २०७७भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फागुन १९, २०७७फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
फागुन १९, २०७७