पोखरा । हिउँदको समयमा दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर किर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ ।
पोखराका पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा माघ २६ गते पोखरा एयरपोर्टमा बाजागाजासहित स्वागत गर्दै बजार परिक्रमा गरेर अभिनन्दन गर्न लागिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।
‘यो नेपालको शिर उचो बनाउने निकै गर्विलो क्षण हो, विश्वमाझ नेपाललाई थप चिनाउन सफल आरोही हिरोहरुलाई पर्यटकीय नगरी पोखरामा भव्य स्वागत गर्न पाउनु निकै खुशीको कुरा हो,’ भट्टराइले भने, ‘आरोही देशका हिरोहरुलाई सम्मान गर्न राज्यसँगै निजी क्षेत्रको पनि दायित्व हो । नेपालमा आउने ८० प्रतिशत पर्यटक साहसिक गतिविधिमा रुचि राख्ने छन् यस्ता गतिविधिबाट विश्वबजारमा नेपालको पर्वतारोहण पर्यटनको प्रचार प्रसार गर्न सकिने छ ।’ उनले विदशी पर्यटक नेपाल आउन खोजे पनि सरकारको नीति नियमले बाधा पु¥याइरहेको जनाउँदै कोरोनाको खोप लगाएका पर्यटकलाई सहज आगमनको व्यवस्था गर्न र गण्डकी प्रदेशले शुभारम्भ गरेको १ अर्बको व्यवसाय जीवन रक्षा कोषको पनि सबै व्यवसायीलाई सर्कुलर गरेर छिटो भन्दा छिटो कार्यान्वयन गर्न समेत सोही पत्रकार सम्मेलनमार्फत सरकारलाई आग्रह गरे ।
अभिनन्दन कार्यक्रमका संयोजक ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)पश्चिमाञ्लका अध्यक्ष सुशीलराज पौडेलले ‘किलर माउन्टेन’ भनेर चिनिने निकै चुनौतीपूर्ण रहेको केटु हिमालको सफल आरोहरणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताए । उनले आरोही दलका संयोजक नवीन पुर्जा गण्डकी प्रदेशको म्याग्दी जिल्लाको भएकाले पनि यो प्रदेशके लागि झन ठूलो र गर्विलो क्षण भएको भनाइ राखे ।
कार्यक्रमको सहसंयोजक नेपाल पर्वातारोहरण गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा पर्वतारोहण पर्यटनलाई प्रवद्र्धन गरेर विदेशी तथा नेपाली पर्यटकलाई पर्वतारोहणमा आकर्षण गर्न केटु हिमाल आरोहणले सकारात्मक सन्देश दिएको र यसले साहसिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
परिषद्का महासचिव रामचन्द्र शर्माले माघ २६ गते पोखराका पर्यटन र अन्य संघसंस्थाले सहित नागरिकको सहभागितामा बाजागाजासहित पोखरा परिक्रमा गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार आरोहीहरुलाई पोखरा एयरपोर्टबाट नयाँबजार महेन्द्रपुल, न्युरोड, जिरोकिमी, हल्लनचोक हुँदै लेकसाइडको माउन्ट कैलाश होटलमा पुगेर समापन हुने छ ।
पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) नेपालका १० जना पर्वतारोहीले माघ ३ गते शनिबार आरोहरण गरेर इतिहास रचेका थिए । उक्त हिमालमा हिउँदको समयमा कोही आरोहीपनि पुग्न सकेको थिएनन् । हिमाल आरोहरण गर्ने निर्मल पुर्जाको आरोहरण दलका नेपालीहरु मिङमा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दाबा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा छन् । सेभेन समिट नामको आरोहरणबाट सोना शेर्पाले सफल आरोहरण गर्न सफल भए । उक्त हिमालमा सन् १९८७÷८८ मा पहिलो प्रयास गरिए पनि हिउँदमा सफल आरोहण गर्न पुर्जा नेतृत्वको टोली सफल भएको हो ।
सोही अवसरमा नेपाल पर्वतारोहरण संघ गण्डकी प्रदेशको आयोजनामा गरिएको धम्पुस पिक( थापा पिक ६०१९) आरोहण कार्यक्रममा गण्डकी प्रदेशका ६ जना आरोहीले सफलता पूर्वक आरोहण गरेकाले उनीहरुलाई पनि उक्त दिन सम्मान गर्ने कार्यक्रम रहेको परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।
आरोहणदल सदस्यमा टासी पासाङ, मन गुरुङ, सनकुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदिप गौतम र हिराकुमारी मल्ल छन् । उनीहरुले माघ ३ गते सफल आरोहरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१