शैक्षिक संस्थामा प्रेमनारायणको सहयोग, रेडक्रसकाे विशिष्ट सदस्यता ग्रहण

आदर्श समाज सम्वाददाता
माघ २३, २०७७
saroj narayan baral

पोखरा । पोखरा ७ निवासी समाजसेवी तथा शिक्षाप्रेमी प्रेमनारायण बरालले आफ्नो ८८ औं जन्मदिन अवसरमा विभिन्न सामाजिक शैक्षिक तथा मानवीय संघसंस्थामा सहयोग गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाको पहिलो विशिष्ट सदस्यता ग्रहण वापत उनले रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा उपसभापति डण्डराज शर्मामार्फत २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

विशुद्ध मानवीय संस्थाको विशिष्ट सदस्यता ग्रहण गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले सामाजिक र मानवीय सेवामा निरन्तर लागिरहने बताए । यस्तै, उनले आँखादान संकल्प पनि गरेका छन् ।

यस्तै, शैक्षिक विकासमा योगदान पुगोस् भन्ने उद्देश्यले उनले पोखराको जनप्रिय माविलाई ३८ हजार र श्रीकृष्ण माविलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

समाजसेवी बराल दुवै शैक्षिक संस्थाको व्यवस्थापन समितिको पूर्व अध्यक्ष रही कार्य गरेका थिए । साथै जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष भइ सेवा गरेका थिए ।

सो अवसरमा सहभागीहरुले बरालको स्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गरी शुभकामना व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width