पोखरा । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामग्रीका साथमा मास्क हस्तान्तरण गरेको छ । विभाग प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले बिहीबार सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई ती सामग्री प्रदान गरे ।
२५ वटा बल एन ९५ मास्क १ हजार ५ सय वटा सहयोग गरेको विभागले जनाएको छ । उक्त अवसरमा प्रमुख बस्नेतसहितको टोलीले एकेडेमीको निरीक्षण समेत गरेको छ ।
कार्यक्रममा विभाग प्रमुख बस्नेतले क्लबले गरेको कार्यको प्रशंसा गर्दै एकेडेमीमा रहेका बालकहरुको फुटबल एकेडेमीसहित भरणपोषणमा थप आवश्यक सहयोग गर्ने बताए ।
अखिल नेपाल फुटवल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले क्लबको एकेडेमी अभियानमा एन्फा र सरकारी निकायबाट समेत थप सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिए ।
नेपालको नाम राखेको क्लबलाई हालसम्म एन्फाबाट खासै सहयोग नभएकोमा गुनासो गर्दै अब सहयोग गर्ने वातावरण सिर्जना गर्ने उनले जनाए । उनले सामाजिक क्षेत्रमा समेटेर राम्रो अभियान थालेको क्लबले नेपालकै नमुना एकेडेमीका रुपमा काम गरेकोमा क्लबको अभियानलाई सबैले साथ र सहयोग गर्नु पर्ने बताए ।
क्लवका संस्थापक अध्यक्ष वसन्त थकालीले स्वागतसहित क्लबको बारेमा जानकारी गराए । पूर्व अध्यक्ष विक्रम थकालीले क्लबको बारेमा जानकारी गराएका थिए । टोलीमा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, उपाध्यक्ष वीरबहादुर खड्का, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचन लगायत सहभागी थिए । क्लबका अध्यक्ष थापाले सहभागीलाई एकेडेमीको बारेमा जानकारी गराउँदै उनीहरुलाई स्वागत गरेको क्लबका सहसचिव सुनिल रानाले बताए ।
कार्यक्रममा तमु धिंका संस्थापक अध्यक्ष कर्मा गुरुङले बस्नेतलाई भांग्रा र कांग्रेस नेतृ सरस्वती गुरुङले फेता लगाएर स्वागत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भेट्रान फुटबलमा २८ टिम
बिटी कपमा प्रिक्वाटरका खेल जारी
चितवन सुपर जनरल क्रिकेट लिगको सेमिफाइनलमा
श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने
पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७