बन्दको विकल्प खोज्न पोखरा पर्यटन परिषद्को आग्रह

Avatar आदर्श समाज सम्वाददाता
माघ २२, २०७७
poikhara-tourism-counciि

पोखरा, २२ माघ । पोखराका पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले कोभिड –१९ का कारण संकटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरी बन्द हड्तालले थप जोखिम ल्याउने जनाउँदै कुनै पनि समुह वा राजनीतिक दलहरुलाई कुनै पनि बहानामा बन्द हड्ताल जस्ता  गतिविधि नगर्न आग्रह गरेको छ ।

कोभिड– १९ को कारण मुलुकले ठूलो आर्थिक क्षति भोगिरहेको वर्तमान अवस्थामा फेरी राजनीतिक अस्थिरता र बन्द हड्ताल जस्ता गतिविधिले थप जोखिम पार्ने उल्लेख गर्दै आन्दोलनको विकल्प खोजेर व्यवसायी मैत्री वातावरण सृजना गर्ने विज्ञप्ति मार्फत राजनीतिक दलहरुलाई आग्रह गरिएको हो ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बन्द हड्तालका कारण प्रत्येक क्षेत्रका उद्यमी व्यवसायी र विषेश गरी दैनिक ज्यालादारीमा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर परेको छ । तसर्थ बन्द हड्ताल चक्काजाम लगायतका गतिविधि रोक्न परिषद् हार्दिक अपिल गर्दछ ।”

राजनैतिक दलहरुले देशको अर्थतन्त्र र सहज जीवयापनमा भूमिका खेल्दै नागरिक मैत्री, व्यवसायी मैत्री वातावरण सृजना गरेर अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्नुपर्नेमा कोभिड–१९ को महामारीका बीच विभिन्न खाले आन्दोलन, बन्द हड्तालले सम्पूर्ण सर्वसाधारण एवम् व्यवसायीलाई थप निराश बनाउँदै लगेको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड –१९ का बीच पनि चलायमान बन्दै गएको पर्यटन क्षेत्र बन्द हड्ताल र विभिन्न आन्दोलनले थप नकारात्मक सन्देश जाने भएकाले यस विषयमा राजनैतिक दलहरुलाई गम्भिर रुपमा सोच्नसमेत  आग्रह गरिएको छ ।

यसैबीच परिषद्ले विदेशी पर्यटकलाइ सात दिनबाट बढाएर १० दिन क्वारेन्टिनमा राख्ने नियमको पनि विरोध गरेको छ । देशमा विभिन्न आन्दोलन भइरहेको सन्दर्भ उल्लेख गर्दै कोभिडको असर विदेशी पर्यटकलाई मात्र किन भन्ने प्रश्न गरिएको छ । पटक पटक हुने बन्द हड्ताल र अव्यवहारिक नीति नियमले खर्बौको लगानी गरेका व्यवसायीमा निरासा छाएको जनाउँदै सहज र सरल वातावरणको लागि सरकार समक्ष आग्रह गरिएको  छ ।

Related News

सम्बन्धित समाचार

    • धार्मिक पर्यटकीय क्षेत्र छाङ्छाङ्दी

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३०, २०७८
      छाङ्छाङ्दी (स्याङजा) । पहाडको बीच भागबाट कडा चट्टानलाई छिचोल्दै पानीको झरना छङ्छङ् झरिरहेको छ । छङ्छङ् आवाज निरन्तर सुनिने सोही झरनाका…
    • मुस्ताङको गुमनाम पुस्तकालय

      prakash dhakal प्रकाश ढकाल वैशाख २६, २०७८
      लोमान्थाङमा अहिले पनि राजसंस्था जीवित छ । औपचारिक घोषणा नभए पनि पूर्व राजकुमारले राजकाजको जिम्मा सम्हाल्दै आएका छन् । विशेषतः…
    • पर्यटन क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न व्यवसायीको माग   

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २५, २०७८
      पोखरा । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न…
    • आँखाले देखेको तिलिचो

      दुर्गाप्रसाद आचार्य दुर्गाप्रसाद आचार्य वैशाख २५, २०७८
      वैशाखको दोस्रो हप्ताको दोस्रै दिन थियो । पोखराको आकाश निकै मैलो थियो र देशैभरि यस्तै । फाट्टफुट्ट परेको पानीले मैलो…
    • लकडाउनले २ सय पर्यटक थुनिए

      prakash dhakal प्रकाश ढकाल वैशाख २५, २०७८
      पोखरा  । दोस्रो लहरको कोरोना त्रासबाट जोगिन सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण पोखरा र आसपासका पर्यटकीय क्षेत्रमा २ सय हाराहारी…

    hero news full width

    sanil ads

    wordlink ads

    Recent Posts

    भर्खरै