बिउका लागि लेखनाथमा आलु खेती

आदर्श समाज सम्वाददाता
माघ २२, २०७७
patato news

लेखनाथ । संगत अनुसारको फल बिउ गुनाको बालो भन्ने प्रचलित उखानलाई ध्यानमा राख्दै कास्कीको लेखनाथमा बिउ उत्पादनका लागि आलु खेती गरिएको छ ।

मेहनत पनि गर्ने तर भने अनुसारको उत्पादन लिन नसक्दा पछि परेको हाम्रो कृषि प्रणालीलाई समयानुकुल परिवर्तन गर्न यो पहल थालिएको हो । आधुनिक तरिकाले गुणस्तरीय बिउ उत्पादनका लागि कृषि ज्ञान केन्द्र स्याङ्जा र कास्कीको ९० प्रतिशत अनुदानमा लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी सस्थाको अग्रसर र प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना पोखराको अग्रसरतामा बिउ आलु उत्पादनलाई अगाडि बढाइएको हो ।

वर्षाैंदेखि एकै प्रकारको आलु लगाउदा किसानको उत्पादनमा क्रमश कमी हुँदै जाने भएकाले पहिलो पुस्ताको बिउ आलु उत्पादनका लागि पोखरा ३१ को गोरखनाथ मार्गको १० रोपनी, शिशुवा र तालचोक गरी करिव ३० रोपनी जग्गामा यो वर्ष करिव ७ सय किलो आलु लगाइएको हो ।

आलुको बिउ धेरै पुस्ता भएपछि उत्पादनमा पनि कमी आउँछ । यसैका लागि नयाँ बिउ चाहिन्छ । परियोजना अन्तरगत यी ठाउँमा लगाएका एमएस –४२ पहिलो पुस्ता, एमएस –४२ टिस्यु कल्चर(दान बिउ) र कार्डोनल दोस्रो पुस्ताको आलुबाट करिब २०÷२१ टन आलु फल्ने आशा गरिएको परियोजना प्रमुख कृष्णप्रसाद तिवारी आशावादी छन् ।

धेरै पुस्ता भएको बिउमा उत्पादन क्षमतादेखि रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने भएकोले आम किसानहरुलाई गुणस्तरीय बिउ उपलब्ध गराउने उद्देश्यले अगाडि सारिएको बिउ आलु उत्पादनमा करिब ४ लाख खर्च भएको छ ।

यो क्षेत्रबाट उत्पादन भएको बिउलाई सही तरिकाले उपचारका विधि अपनाएर कोल्ड स्टोरमा राख्ने, आउने साल आलुको सिजनमा किसानहरुलाई उपलब्ध गराउने योजना रहेको परियोजना प्रमुख तिवारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width