मुद्रा सटही व्यवसायीको पदस्थापन

आदर्श समाज सम्वाददाता
माघ २२, २०७७
money changer

पोखरा । मुद्रा सटही व्यवसायी संगठन पोखराको १५ औं साधारण सभा तथा ८ औं अधिवेशनबाट निर्वाचीत नयाँ समितिको पदस्थापन तथा सपथग्रहण भएको छ । माघ १६ गते सम्पन्न अधिवेशनले रुपकराज मिश्र नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचन समितिका संयोजक सूर्य तिमिल्सिनाले निर्वाचित समितिलाई सपथ ग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरे ।

समितिको उपाध्यक्षमा दीपकराज पौडेल, सचिवमा संगिता पौडेल, कोषाध्यक्षमा अमृत भुजेल, सदस्यहरुमा कमल भुजेल, अनिता अधिकारी, सब्बु श्रेष्ठ र प्रविन अधिकारी चयन भएका थिए ।

पदस्थापन तथा सपथग्रहण पर्यटन व्यवसायी वासु त्रिपाठीले कोरोना कारण अन्य व्यवसायीजस्तै मुद्रा सटही व्यवसायी पनि ठूलो मारमा परेको बताए । उनले यस व्यवसायलाई उकास्न सबै लाग्नु पर्ने बताए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक सूर्य तिमिल्सिना, सदस्य तथा पूर्व अध्यक्ष भरत पराजुली, पूर्वअध्यक्ष दयानन्द पोख्ररेल निर्वतमान अध्यक्ष कृष्ण भण्डारी लगायतले अहिलेको अवस्थामा व्यवसायीलाई संरक्षणको आवश्यकता रहेको बताए ।

सपथग्रहण पछि अध्यक्ष मिश्रले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरे । उनले विनिमय दररेट वितरण लागि निरीक्षण र अनुगमन कार्यलाई निरन्तरता, विदेशी मुद्रा सटही गर्दा अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त मनि चेन्जरहरुबाट नै मुद्रा सटही कार्यलाई प्रेरित गर्ने लगायत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width