काठमाडौँ, २१ माघ । सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ ।
गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ, “शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानूनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”
संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले बिहीबार आमहडताल आह्वान गरेको हो । दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
hero news full width
मुख्य समाचार
ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
कोरोनाको खोप : पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए
फागुन १२, २०७७प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी कमिटी बैठक
फागुन १२, २०७७सर्वाेच्चकाे फैसलाकाे सर्वत्र स्वागत, खुसियालीमा दीपावली
फागुन ११, २०७७संसद् पुनर्स्थापना जनता र संविधानवादको जितः सभामुख सापकोटा
फागुन ११, २०७७पुस ५ पछि सरकारले गरेका राजनीतिक नियुक्ति स्वतः खारेज
फागुन ११, २०७७