पोखरा । विश्वव्यापी स्वास्थ्य आतंक मच्चाइरहेको कोबिड १९ खोप पोखरा बृद्धाश्रममा लगाइएको छ । नेपाल सरकारले कोरोनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले प्राथमिकताका आधारमा पहिलो चरण स्वास्थ्य सेवामा कार्यरत चिकित्सक, स्वास्थ्य कर्मी, सुरक्षकर्मी र ज्येष्ठ नागरिक आश्रमहरुलाई तोकेकोले बुधबार पोखरा बृद्धाश्रममा खोप लगाइएको जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख बाबुराम आचार्यले बताए ।
ज्येष्ठ नागरिकहरुको स्वास्थ्य रक्षाका लागि प्राथमिकतामा राखेर खोप लगाइएकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य तथा पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले खोपको प्रभावकारिता बारे हेर्नुपर्ने राय व्यक्त गरे । पोखरा बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक आमाबुवाहरुका अतिरिक्त आश्रममा कार्यरत स्वास्थ्यकर्मी, स्याहारकर्ता, सेवकसेविका, स्वयमसेवीसहित ४० जनाले खोप सेवा लिएको जानकारी आश्रमका स्वास्थ्य सहायक कुमारी कुमालले जनाएकी छन् ।
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नृत्य र गायनमा सप्तरंगी प्रतिभाको खोजी हुने
नाइकेको विषयमा कारागार भित्रै झडप
hero news full width
मुख्य समाचार
नेपालकै ठूलो धनराशिको फुटसल
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७