पोखरा । संघर्षमा कलमको राष्ट्रिय अनलाइन खुला कविता प्रतियोगिता–२०७७ मा सुनसरीका किरण चौलागाई शून्यानन्द प्रथम भएका छन् । ४१ कविलाई पछाडि पार्दै शून्यानन्दको ‘एकछिनमा जे पनि हुन सक्छ’ कविताले प्रथम पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा तेह्रथुमका बद्री श्रेष्ठ याक्चाको ‘हो म त्यही कलम हूँ’ कविताले द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै कास्कीकी दीक्षा अधिकारीको ‘छोरीको वेदना’ र पर्वतका श्रीकृष्ण शर्माको ‘मान्छेको जात’ कविता तृतीय भए ।
विजयी कविले क्रमशः ११ हजार १ सय ११, ५ हजार ५ सय ५५ र ३ हजार ३ सय ३३ नगदसहितको पुरस्कार प्राप्त गर्नेछन् । डा. रुपक श्रेष्ठको संयोजकत्वमा डा. जगन्नाथ रेग्मी र सरस्वती श्रेष्ठ सरुको ३ सदस्यीय निर्णायक मण्डलले विजेता घोषणा गरेको थियो । निर्णायक संयोजक डा. श्रेष्ठले संघर्षमा कलमले संस्थाको उद्घोष बमोजिम प्रतियोगितालाई प्रतियोगिताकै रुपमा सञ्चालन गरेको धारणा राखे ।
प्रतियोगितामा नुवाकोटका गोपाल खनालको मुक्तिको सन्देश, संखुवासभाका चित्रमान तामाङको सहभागिता, पाल्पाकी निर्मला सुनारको आमासितको वाचा कसम, तनहुँका विनायक पन्तको सरकार खै त न्याय ?, पोखराका विष्णु बास्तोलाको साच्चिकै दिलवाली थिइन् दिलकुमारी भाउजू र स्याङ्जाकी सविना कार्कीको मेरो प्रिय कलम कविता उत्कृष्ट १० मा पर्न सफल भएको कार्यक्रम संयोजक पूर्ण नेपाली बताउँछन् ।
संस्थाले हरेक वर्ष स्रष्टा सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै आएकोमा कोरोनाका कारण वर्ष सम्मान कार्यक्रम सञ्चालन गर्न असहज भएकाले स्रष्टालाई सिर्जनशील बनाउन अनलाइन माध्यमबाट प्रतियोगिता आयोजना गरेको अध्यक्ष कृष्ण रानाभाट सारथिले जानकारी दिए । देशभरबाट ४१ जना कविका कविता प्राप्त भएकोमा पहिलो चरणमा उत्कृष्ट १० छनौट गरी त्यसपछि विजेता घोषणा गरिएको थियो । प्रतियोगितामा प्रथम भएपछि शून्यानन्दले प्रतियोगितामा आफ्नो कविताले स्थान पाउनु नै ठूलो कुरा रहेकोमा अझ प्रथम हुनु भनेको आफूलाई साहित्य साधनामा लाग्नका लागि थप हौसला मिलेको बताए ।
अन्तरमनका भावहरूको बन्न खाज्दै मलम, समावेशी आवाज हो यो सङ्घर्षमा कलम उद्घोषका साथ २०६५ सालदेखि नेपाली वाङ्मयको श्रीवृद्धिमा निरन्तर क्रियाशील संघर्षमा कलमले संस्थाको मुखपत्रसहित विभिन्न साधकका दुई दर्जन बढी कृति प्रकाशन, चर्चा–परिचर्चा गरी सकेको छ ।
वार्षिक स्रष्टा सम्मान अन्तर्गत १० शृंखलामा वाङ्मयिक साधक २० जना, १७ समाजसेवी र राष्ट्रसेवी सत्पात्रलाई संस्थाले सम्मान गरिसकेकोमा यस पटक उक्त सम्मान अर्पण गर्ने वातावरण नरहेकाले प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव ओमकार लामिछानेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
घरबेटीकी छोरी
रवीन्द्र अधिकारीकाे स्मृति ग्रन्थ सार्वजनिक
गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर
‘चुल्ठो’ : कविताको खडेरीमा राहत
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
hero news full width
मुख्य समाचार
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७