भूमि समस्या समाधान समिति कास्कीमा दामाेदर वैरागी

Avatar आदर्श समाज सम्वाददाता
माघ १९, २०७७
damodar bairagi

पाेखरा । भूमि सम्बन्धी समस्या समाधान आयोगको कास्की जिल्ला समिति अध्यक्षमा दामोदर वैरागी नियुक्त भएका छन् । वैरागी नेकपा कास्कीका कार्यालय सदस्य हुन् । स्थानीय तहकाे चुनावमा उनी वडा सदस्यमा पराजित भएका थिए ।

माघ १५ गते बसेकाे मन्त्रिपरिषदको निर्णय अनुसार वैरागी अध्यक्ष नियुक्त भएका हुन् । समितिको विज्ञ सदस्यमा सुशीला पराजुली र सदस्यमा दानबहादुर बानिया नियुक्त भएका छन् । जिल्ला समितले लालपुर्जा वितरण लगायत काम गर्ने आयोगका प्रवक्ता भीम कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषदले  मुलुकका अन्य जिल्लामा समेत अध्यक्ष एवं सदस्य नियुक्त गरेको छ । जिल्ला समितिले आयोगको केन्द्र र पालिकाहरुसँग समन्वयको काम गर्नेछ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग