गण्डकी प्रदेशमा १४ हजारले लिए कोभिसिल्ड

आदर्श समाज सम्वाददाता
माघ २०, २०७७
khop

फाइल तस्बिर

पोखरा । पहिलो चरणको कोभिड–१९ खोप (कोभिसिल्ड) अभियान अन्र्तगत गण्डकी प्रदेशमा १३ हजार ९ सय ९६ जनाले खोप लिएका छन् । कास्कीमा ४ सहित १४ वटा खोपकेन्द्रबाट खोप दिइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।

प्रदेशका ११ वटै जिल्लामा सोमबारसम्म ८०.४४ प्रतिशतले खोप लिएको उनले जानकारी गराए । कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनै पनि जटिल किसिमको अवान्छित घटना नभएको उनले भनाइ छ ।

गण्डकी प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाउने योजना रहेको डा. शर्माले जानकारी दिए । गण्डकी प्रदेशको लागि ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आएको छ ।

पहिलो मात्रा दिएको २८ दिन पछि दोस्रो मात्रा दिइने छ । प्रदेशमा १४ देखि १८ सम्म समय तोकिए पनि छुटेकाहरुका लागि भनेर २३ गतेसम्म खोप लगाइने डा. शर्माले जानकारी दिए । ‘हामीले १८ गतेसम्म लक्षित सबैलाई लगाउने भनेका थियौं,’ उनले भने, ‘छुटेकाहरुको लागि १९ देखि २३ सम्म थप गरेका छौं ।’

कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी हस्पिटल सहित मनिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कजेल र संक्रामक रोग नियन्त्रण अस्पताल, लेखनाथलाई खोप केन्द्र तोकिएको प्रदेशका अरु १० वटै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म १५ हजार २ सय २४ मा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये १४ हजार ५ सय ६८ निको भइसकेका छन् भने ४ सय ५७ सक्रिय संक्रमित छन् । प्रदेशमा कोरोना संक्रमणबाट १ सय ९९ जनाको मृत्यू भएको छ ।

Related News

सम्बन्धित समाचार

    • एक घर एक रोजगार

      रासस असार ७, २०७८
      गलकोट । बागलुङको बरेङ गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रम अघि सारेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर…
    • कास्कीमा दुर्घटनामा दुईको मृत्यु

      रासस असार ७, २०७८
      पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद…
    • ‘रोग प्रतिरोधी क्षमता विकास गर्न योग’

      रासस असार ७, २०७८
      काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न…
    • स्याङ्जा अस्पताललाई गोर्खा ट्रस्टकोे सहयोग

      आदर्श समाज सम्वाददाता असार ७, २०७८
      स्याङ्जा । गोर्खा ट्रस्टले जिल्ला अस्पताल स्याङ्जालाई १० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड बिरामी लक्ष्य गरी…
    • एसओएस आमाहरूको सहयोग

      आदर्श समाज सम्वाददाता असार ७, २०७८
      पोखरा । एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँबजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवं अपांगता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका…

    hero news full width

    sanil ads

    wordlink ads