टाइगर कप भलिबल प्रतियोगिताका लागि गण्डकीको पुरुष टिम घोषणा

आदर्श समाज सम्वाददाता
माघ १९, २०७७
Final logo of volleyball tournament 2077

पोखरा। प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि आयोजक टाइगर ग्रुप अफ पोखरा, नेपालले गण्डकी प्रदेश पुरुषतर्फको टिम घोषणा गरेको छ ।

प्रतियोगिता संयोजक नवीन गुरुङका अनुसार हरि पाण्डेको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरिएको हो । जसमा ३ वैकल्पिक खेलाडी छन् ।
ओपन स्पाइकरतर्फ घनश्याम चौधरी (नवलपुर), किरण गुराउ (नवलपुर), ईश्वर थापा (स्याङ्जा) र सञ्जय परियार (पर्वत), क्विक स्पाइकर राजु विक (बागलुङ), याम क्षेत्री (कास्की) र रुपेन्द्र गैरे (पर्वत) छन् ।

त्यस्तै, अलराउन्डरमा हरि पाण्डे (स्याङ्जा) तथा सन्तोष थापा (स्याङ्जा), सेटरमा सुजन चोखाल (म्याग्दी) तथा ठगबहादुर गुरुङ (स्याङ्जा), लिब्रोमा राजन दर्लामीमगर (स्याङ्जा) छन् ।

तिन वैकल्पिक खेलाडीमा कास्कीका सफल बिक, विवश थापा र मनोज खड्का रहेको छ । प्रशिक्षकमा रमेश केसी चयन भए ।

राउण्ड रोविन लिग आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र न्यू डायमन्डको सहभागिता रहने छ ।

पुरुषतर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र गण्डकी प्रदेशको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष सचिव प्रकाश बरालले जानकारी दिए ।

माघ २७ देखि फागुन १ सम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको उपाधि विजेता महिला तथा पुरुषलाई १ लाख ५० हजार, द्वितीयले ७५ हजार र तृतीयले २५ हजार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई २० हजार तथा विधागतरुपमा उत्कृष्ट ५ लाई जनही ५ हजार पुरस्कृत गरिनेछ

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads