पोखरा । पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रालिले पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित श्री राधाकृष्ण बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई देवघाटधाम तीर्थयात्रा गराएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापनाको दोस्रो वर्षका अवसरमा बृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको संस्थाका अध्यक्ष सोमबहादुर थापाले जानकारी दिए । यसअघि संस्था स्थापनाको पहिलो वर्षमा संस्थाका तर्फबाट सोही बृद्धाश्रममा पुगी केक काट्नुका साथै ज्येष्ठ नागरिकलाई भोजन गराउँदै संस्थाका पदाधिकारीले पनि ज्येष्ठ नागरिकसँगै सहभोजन गरेका थिए ।
कोरोना महामारीका कारण समग्र यातायात क्षेत्रका साथै पर्यटक यातायात सेवा ठूलै मारमा परेको बताउँदै थापाले यसका बाबजुद पनि ज्येष्ठ नागरिकको इच्छा समेतलाई मध्यनजर गर्दै तीर्थयात्रा गराइएको जानकारी दिए । पोखराबाट सुविधासम्पन्न ७० वटा पर्यटक बसका साथै ४ सयको संख्यामा सानो टाटा तथा मझौला बस दैनिक रुपमा सञ्चालन भइरहेको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जनप्रियमा ट्रेकिङ गाइड तालिम
पर्यटन व्यवसायीको गुनासो सुन्न सरकारलाई आग्रह
बालुवा डाँडाबाट उड्यो प्याराग्लाइडिङ
सुदुरपश्चिमको पर्यटन विकासका लागि पोखरा पर्यटन व्यवसायी समन्वय गर्न तयार
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७