माघ १७ अब ‘कुँवर दिवस’

आदर्श समाज सम्वाददाता
माघ १९, २०७७
smart

smart

पोखरा । राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको जन्मदिनलाई अबदेखि कुँवर दिवसको रुपमा मनाइने भएको छ ।

देशभर गत माघ १७ मा उनको २३१ औं जन्मजयन्ती मनाइरहँदा कुँवर समाज नेपाल कास्कीले भने सो दिनलाई कुँवर दिवस रुपमा मनाउने निर्णय गरेको हो ।

संस्थाको साधारणसभा तथा जन्मजयन्ती समारोहमा कुँवर समाज नेपालका केन्द्रीय सदस्य एवं कास्कीका सल्लाहकार तिलक कुँवरले दिवसले एकताको सूत्रमा बाध्ने महत्वपूर्ण काम गरेकोले कुँवर दिवस रूपमा मनाउन प्रस्ताव गरेकोमा सर्वसम्मत पारित गरिएको थियो ।

जिल्ला अध्यक्ष बुद्धिमान कुँवरले माघ १७ लाई कुँवर दिवस रुपमा मनाउने घोषणा गर्दै केन्द्रीय प्रतिनिधि मार्फत सो अभियानलाई राष्ट्रव्यापी बनाउने उद्घोष गरे ।

समाजसेवी श्यामकुमार कुँवरले समाजको प्रगति देखेर खुसी लागेको बताए ।

केन्द्रीय सदस्य ललितबहादुर कुँवरले शत्रुले पनि सम्मान गरेर स्मारक बनाएको एकमात्र ब्यक्ति बलभद्र कुँवर भएको बताए ।

निवर्तमान अध्यक्ष मेजर विष्णुबहादुर कुँवरले विदेशी शक्तिबाट राष्ट्र जोगाउन बलभद्रले गरेको योगदानको चर्चा जति गरे पनि कम हुने बताए ।

संस्थाका पूर्व अध्यक्ष लालबहादुर कुँवरले राष्ट्रिय विभूतिलाई सरकारले उचित सम्मान दिन नसकेको टिप्पणी गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width