विराटनगर । स्वतन्त्र पत्रकार संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन विराटनगरमा आयोजना गर्न पत्रकारले माग गरेका छन् । विराटनगरमा शनिबार संघका केन्द्रीय प्रतिनिधिसहित उपस्थित भेलामा उक्त माग गरिएको हो ।
स्वतन्त्र पत्रकार संघ नेपाल मोरङ शाखाका अध्यक्ष विजय खतिवडाले देशलाई ६÷६ वटा प्रधानमन्त्री दिन सफल मोरङ जिल्लामा हुने भेलाले स्वतन्त्र पत्रकार संघलाई राष्ट्रव्यापी बनाउन सहयोग पुग्ने दाबी गरे ।
संघका केन्द्रीय सल्लाहकार मोहन भण्डारीले स्वतन्त्र पत्रकारलाई विराटनगरमा सबैको सहयोग हुने उल्लेख गर्दै संघलाई अवसर रहेको बताए । भेलामा संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वतन्त्र पत्रकार संघले कुनै पनि राजनीतिक पार्टीप्रति पूर्वाग्रह नराखेको र सबैप्रति समान व्यवहार गर्दै आएकोले नै राजनीतिक पार्टीहरुले स्वतन्त्र पत्रकारप्रति सकारात्मक दृष्टिकोण राख्दै आएको बताए ।
संघका पूर्व महासचिव नवराज पहाडीले स्वतन्त्र पत्रकारले सत्य तथ्यपूर्ण समाचार दिएर नै सबैको मन जित्न सकिने धारणा राखे । भेलामा संस्थापक सल्लाहकार माधव वियोगी, मोरङ शाखाका उपाध्यक्ष जितेन्द्र साह लगायतले स्वतन्त्र हुन नसक्दा नै गलत समाचार आउने गरेको बताउँदै पत्रकारहरु स्वतन्त्र हुनुपर्नेमा जोड दिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै छन्दवाटिका विराटनगरका अध्यक्ष साहित्यकार हरि कट्टेलले विराटनगरको आँगनीमा स्वतन्त्र पत्रकारको भेला देख्न पाउनु विराटनगरवासीको सौभाग्य रहेको बताए ।
Related News
सम्बन्धित समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
hero news full width
मुख्य समाचार
नाइकेको विषयमा कारागार भित्रै झडप
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७