कोभिड प्रभावितलाई उद्यमी बनाउन अनुदान

आदर्श समाज सम्वाददाता
माघ १९, २०७७
walling agro

वालिङ ।  कोभिड–१९ संक्रमणका कारण रोजगारी गुमाएका युवालाई उद्यमी बनाउने उद्देश्यसहित स्थापना गरिएको कोषबाट रकम वितरण गरिएको छ ।

युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत कोभिड प्रभावितका लागि स्थापित कोषमार्फत २० समूह तथा ब्यक्तिलाई जनही ५० हजाका दरले नगद प्रदान गरिएको हो ।

विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवालाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धि गर्नका लागि ‘उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवद्र्धन केन्द्र सञ्चालन कार्यविधि–२०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । कोभिड प्रभावित भई के गर्ने के नगर्ने अन्योलमा रहेका युवालाई उद्यमशीलता तथा नवप्रवद्र्धन कोषमार्फत ‘स्टार्टअप’ कारुपमा नगद अनुदान दिइएको हो ।

पहिलो चरणमा २० जना युवा तथा समूहलाई जनही ५० हजारका दरले नगद उपलब्ध गराई नवप्रवद्र्धनमा ‘स्टार्टअप’ गराइएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।

वैदेशिक वा स्वदेशमा नै कोभिडका कारण प्रभावित वालिङका नागरिकलाई उद्यमशीलतातर्फ लाग्न अभिप्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरी सोहीमार्फत सहयोग गर्दै जाने अधिकृत ज्ञवालीले बताए ।

कोभिड–१९ का कारण वेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याई उनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउन सकियोस् भन्ने हेतुले स्थापना गरिएको कोषमार्फत सहयोग गरिएको युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।

नगरका कोभिड १९ प्रभावित तथा बेरोजगारलाई उद्यमशील बनाई रोजगारका अवसर सिर्जना गरेर आर्थिक उन्नति गराउने, सानो पुँजीको परिचालनबाट आर्थिक उपार्जनतर्फ अगाडि बढाउने, उत्पादन र उत्पादकत्व बढाउनका लागि उत्प्रेरणा जगाउने, युवा, सीमान्तकृत, कोभिड १९ का कारण
रोजगारी गुमाएका तथा न्यून आय भएका व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउने, राम्रो सोँचलाई व्यावसायिकतातर्फ उन्मुख गराउने, दीगो आर्थिक समृद्धिका लागि अग्रसर बनाउने, थोरै सहयोगमार्फत काम गरे सहयोग प्राप्त हुन्छ भन्ने वातावरण बनाउने, कोषमार्फत अनुदान तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने
गरी उद्देश्य निर्धारण गरिएको अर्यालले बताए ।

विशेषगरी उत्पादन तथा नवप्रवद्र्धनका सोँच राखेका युवालाई उक्त कोषमार्फत अनुदान उपलब्ध गराएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width