पोखरा । पोखरा भाँडा व्यवसायी संघको १४ औं साधारण सभा र सातौं अधिवेशनले आगामी २ वर्षका लागि नरेन्द्रप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको निवर्तमान अध्यक्ष वलराम तिमिल्सिना, उपाध्यक्ष कविन्द्रमान पालिखे, सचिव लक्ष्मीप्रसाद अधिकारी, कोषाध्यक्ष ओमकुमार श्रेष्ठ र सहसचिव सुनकुमारी गुरुङ छन् ।
सदस्यमा रञ्जना मानन्धर, दिलमाया प्रजापति, मनोहरी भण्डारी, विक्रम पालिखे, कृष्ण श्रेष्ठ, सुवाष कटुवाल, किशोर भण्डारी, अशोक गोशेली, मोहन पुरी, निरा आचार्य, रामजी बराल र शिव लामिछाने छन् ।
अधिवेशन उद्घाटन समारोहमा वरिष्ठ व्यवसायी सम्मानबाट भुवन बज्राचार्य र सक्रिय व्यवसायी सम्मानबाट रञ्जना मानन्धरलाई सम्मानित गरिएको छ । त्यस्तै, व्यवसायीलाई छोराछोरीमध्ये एसइई उत्तीर्णलाई पनि सम्मान गरिएको थियो ।
साधारण सभा उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले व्यवसायीबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष रविन्सन प्रजु,पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, सल्लाहकारहरु कुश कार्की, पुरुषोत्तम श्रेष्ठ, देवबहादुर भुजेल, भरतराज शाक्य,संरक्षक सदस्य वसन्त कोइरालाले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
लेखा परीक्षणका समस्या हटाउन जोड
सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
रुपाकोट रिसोर्टले निस्काशन गरेका मजदुरको पुनवर्हाली माग्दै ज्ञापनपत्र
लेखनाथ उवा संघको अधिवेशन २०७८ भदौ १८ र १९ गते
hero news full width
मुख्य समाचार
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७