पाेखरा । म्यानमारका नेसनल लिग फर डेमोक्रेसी पार्टीकी नेता आङ सान सुकी र त्यहाँका राष्ट्रपति विन मियन्टलाई सेनाले नियन्त्रणमा लिएको छ।
यसको पुष्टि सुकीका प्रवक्ताले गरेका छन्। उनले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग सुकी र त्यहाँका राष्ट्रपति तथा अन्य नेताहरूलाई सेनाले नियन्त्रणमा लिएको बताए। आफूलाई पनि सेनाले नियन्त्रणमा लिन सक्ने उनको भनाइ छ।
केही समयदेखि सरकार र सेनाबीच तनाव बढिरहेको थियो। सेनाले ‘कु’ गर्न सक्ने आशंका गरिरहेकै बेला उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सेनाले आज संसद् बैठक पनि स्थगित गर्ने आह्वान गरेको छ। म्यानमारमा सेना प्रमुख मिन आङ हालिङ छन् ।
नोभेम्बरमा भएको निर्वाचनमा नेशनल लिग फर डेमोक्रेसी पार्टी भारी मतले विजयी भएको थियो। तर, सेनाले भने चुनावमा धाँधली भएको दाबी गरेको थियो।
अहिले म्यानमारको राजधानी नेपीटाव र मुख्य सहर यंगुनका सडकमा सैनिक तैनाथ छन्।
त्यहाँको टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ। बिबिसी
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
hero news full width
मुख्य समाचार
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७