पोखरा। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत महिलाको स्तन तथा पाठेघरको क्यान्सरबारे सचेतना कार्यक्रम गरेको छ ।
नेपाल अर्वुद रोग निवारण संस्था, कास्कीको प्राविधिक सहयोगमा कास्कीको सिक्लेस, खिलाङ र तप्राङमा ३ दिवसीय कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्तन तथा पाठेघरको क्यान्सर बढी हुने अवस्था, यसका लक्षण, रोग लाग्नुको कारण, रोगथाम तथा नियन्त्रण उपायबारे सचेतना गराइएको हो ।
मादी ६ का वडाध्यक्ष पसबहादुर बास्तोलाले सहकारीले ग्रामीण क्षेत्रमा बचत गर्ने बानीको विकास गराउनुका साथै वडा र सहकारीको सहकार्यमा अन्य कार्यक्रम पनि सञ्चालन गर्न सकिने बताए ।
पोखरा रोयल सहकारी संस्थाका सचिव क्या. चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले सहकारीले बचत तथा ऋणको कार्य मात्र नगरी सदस्यको जन्मदेखि मृत्युसम्म पर्ने सामाजिक उत्तरदायित्वका कार्य पनि गरेको बताए ।
नेपाल अर्वुद रोग निवारण संस्था, कास्की सभापति प्रेमबहादुर भुजेल, उपसभापति नारायण पराजुली र सहकोषाध्यक्ष कृष्ण मानन्धरले प्रशिक्षण दिएका थिए ।
Related News
सम्बन्धित समाचार
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु
यसरी शुरु हुँदै छ संसद
आज हिमपात र पानी पर्ने
दोस्रो चरणमा ज्येष्ठ नागरिकलाई कोरोना खोप
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७