पोखरा । पुरानोधारा वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा दोस्रो कार्यकालका लागि कृष्णप्रसाद कोइराला सर्वसम्मत निर्वाचित भएका छन् ।
सहकारीको शनिबार भएको विशेष साधारण सभा तथा पाँचौं अधिवेशनबाट उपाध्यक्षमा चन्द्रनाथ कोइराला, सचिवमा चन्द्रप्रकाश कोइराला र कोषाध्यक्षमा लक्ष्मी भण्डारी कोइराला निर्वाचित भए ।
ऋण उपसमिति संयोजकमा इन्जिनियर जगन्नाथ कोइराला, शिक्षा उपसमिति संयोजकमा सुष्मा थापा, लेखा उपसमिति संयोजकमा वासुदेव कोइराला निर्वाचित भए ।
सञ्चालक समिति सदस्यमा शान्ति कोइराला, डा. मदन बराल, सीता शर्मा ढुंगाना, ईश्वर कार्की, रसोदा बराल निर्वाचित भएको निर्वाचन संयोजक सूर्यनाथ कोइरालाले बताए ।
ऋण उपसमिति सदस्यमा देवेन्द्र पौडेल र बद्री तिवारी, शिक्षा उपसमिति सदस्यमा बेनबहादुर गुरुङ र होमनाथ पौडेल, लेखा उपसमिति सदस्यमा प्रदीप कोइराला र कमला जिसी निर्वाचित भए । नवनिर्वाचित समितिलाई निर्वाचन संयोजक सूर्यनाथ कोइरालाले सपथ खुवाएका छन् ।
कार्यक्रममा जिल्ला सहकारी संघ अध्यक्ष सावित्रा कोइरालाले सहकारीलाई उत्पादनसँग जोडेर लैजानुपर्नेमा जोड दिइन् । सहकारी क्षेत्रमा रहेका विकृति र विसंगति अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने गरी सहकारी क्षेत्र अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । सामाजिक अगुवा माधवप्रसाद बास्तोला (मधु) ले अहिले आर्थिक गतिविधि कम भएका बेलामा सहकारी क्षेत्रमा तरलता पर्याप्त भए पनि लगानीका लागि ठाउँ नभेट्दा समस्या परेको बताए ।
कार्यक्रममा आदर्श समाज सामाजिक संस्थाका अध्यक्ष भीमदेव भट्ट, आदर्श समाज दैनिकका सम्पादक भरत कोइरालाले शुभकामना व्यक्त गरे । सहकारी अध्यक्ष कोइरालाले सहकारीलाई उत्पादनसँग जोडेर अगाडि बढाउने प्रतिबद्धता जनाए । उद्देश्य मिल्ने सहकारीसँग मर्जरका लागि समेत बाटो खुला गरिएको उनले सुनाए ।
माघका १५, १६ र १७ गते निर्वाचन कार्यतालिका रहेकोमा सबै पदमा आवश्यकभन्दा बढी उम्मेदवारी नपरेकाले सर्वसम्मत समिति चयन गरिएको निर्वाचन समिति सदस्य खेमराज सापकोटाले बताए । सेयरसदस्यका छोराछोरामध्ये गत वर्षको एसइईमा उत्कृष्ठ जिपिए ल्याउने विद्यार्थीहरुलाई साधारणसभाका अवसरमा सम्मान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
लेखा परीक्षणका समस्या हटाउन जोड
सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग
hero news full width
मुख्य समाचार
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७