कृषि विकास बैंकको चिप्लेढुंगा शाखा अब नयाँबजारबाट

आदर्श समाज सम्वाददाता
माघ १८, २०७७
adbl

पोखरा । कृषि विकास बैंक शाखा कार्यालय चिप्लेढुंगाले आफ्नै स्वामित्वको भवनबाट कारोबार सुरु गरेको छ । पोखरा ९, नयाँबजारस्थित भवनको शनिबार उद्घाटन भयो ।

बैंक सञ्चालक समिति अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले भवनको उद्घाटन गरेका हुन् । यस्तै, बैंक हाताभित्र रहेको एटिएम काउन्टर बंैक सञ्चालक समितिका सदस्यद्वय झक्कप्रसाद आचार्य र हरिप्रसाद पराजुलीले गरेका थिए ।

कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले कृषि विकास बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको र हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधा आफूकहाँ रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि विकास बैंकको अरुलाई जोड्ने, कृषिलाई नछोडने नीति रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरीले आजको प्रतिस्पर्धात्मक बैंकिङ बजारमा कृषि विकास बैंकले उद्योगी, व्यवसायीसँग सहज ढंगले सहकार्य गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

समारोहमा डा हरिबहादुर केसी, इन्दिरा श्रेष्ठ मास्के, सञ्जीव पौडेल, विनोद गुरागाईं, कम्पनीसचिव हिमलाल पौडेल, केन्द्रीय तालिम प्रतिष्ठानका तालिम प्रमुख प्रकाश कर्णेल, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपाने, मुख्य शाखा प्रबन्धक माधव रिजाल, फेवा सिटी हस्पिटलका आर्थिक विभाग प्रमुख डा ध्रुवबहादुर अधिकारी, बैंकमा क्रियाशील युनियन नेपाल वित्तीय संस्था कर्मचारी संघका प्रदेश अध्यक्ष बद्रीनारायण पौडेल, कृषि विकास बैंक कर्मचारी संगठन प्रदेश अध्यक्ष भेषराज घिमिरे, बैकका पूर्व निर्देशक चेतनारायण सापकोटा, होटल पिनाकिनीका प्रबन्ध निर्देशक सुशीला केसी लगायत उपस्थित थिए ।

कार्यक्रममा स्वागत शाखा प्रबन्धक हिमलाल श्रेष्ठ र सञ्चालन बैंकका गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ शाखा प्रमुख महेश पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width