पोखरा । उमेरले मात्र १९ वर्षीया एमिलिया सुप्रिया पालिखेले ‘द लभ वि वान्ट’ पुस्तक लेखेकी छन् । नेपालमै सबैभन्दा कान्छो उमेरमा अंग्रेजी भाषामा पहिलो उपन्यास लेखिएको दाबी गरिएको छ ।
कृतिको शनिबार लोकार्पण भएको छ । लोकार्पण समारोहमा प्राज्ञ रमेश श्रेष्ठले प्रेमको महाभारतमा सुप्रियाले एक अध्याय लेखेको भन्दै आगामी यात्राको लागि पनि शुभकामना दिए ।
पोखरा उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष विश्वशंकर पालिखेले सुुप्रियाको प्रयासप्रति खुसी व्यक्त गर्दै अझ सफलताको शुभकामना दिए ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले सानै उमेरमा यति धेरै शव्दसँग खेल्नु स्रष्टाको ठूलो कार्य भएको बताए । उनको उदय पालिखे खानदानका लागि मात्र नभएर पोखराकै लागि गौरवको विषय भएको औंल्याए ।
रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक सुनयना पालिखेले यो उपन्यास टिन एजर्सका लागि पठनीय सामग्री हुने विश्वास व्यक्त गरिन् । उनले उपन्यासकार सुप्रियाका हजुरबुवा शिक्षासेवी गणेशमान पालिखे, जिजुबुवा दयाशंकर पालिखेको पनि योगदानको स्मरण गरिन् ।
नागढुंगा युवा क्लब अध्यक्ष पत्रकार विनोद लामिछानेले आफ्नै टोलबाट उदियमान साहित्यकारको उदय भएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिए ।
स्रष्टा सुप्रियाले उपन्यास पढ्दै गर्दा पाठकले आफू टिनएजमै फर्किएको महसुस गर्ने उल्लेख गरिन् । यो उमेरमा पलाउने इच्छा, चाहना, मायाको भाव पुस्तकमा समेटेको उनले बताइन् । लडाउनलाई अर्थपूर्ण रुपमा सदुपयोग गर्न आफूले यो पुस्तक लेखेको उनले सुनाइन् ।
स्रष्टाका हजुरआमा गंगादेवी पालिखेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गीता रानाले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर
‘चुल्ठो’ : कविताको खडेरीमा राहत
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
हेमराज पहारी पुरस्कार मकवानपुरकाे झरना साहित्यिक परिवारलाई
लोककवि अलि मियाँको स्मरण
hero news full width
मुख्य समाचार
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फागुन २१, २०७७