सर्लाही । सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् ।
सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो । ‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दु ःखद् भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताउनुभयो ।
ती बालिकाको घरको परिवारिक स्थिति नाज्ुक रहेका कारण परिवारले विवाह गरिदिन लागेका बताइएको छ । बालिकाले विवाह भन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
शान्ति समाजको राष्ट्रिय परिषद् पाेखरामा सुरू
बालबालिका मन्त्रीद्वारा बालहितकारीको अवलोकन
मुस्ताङमा पत्रकार महासंघको निर्वाचन समिति गठन
रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद
पत्रकार महासंघ गण्डकीको भवन उद्घाटन
hero news full width
मुख्य समाचार
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७