पाेखराकी एलिना गुरुङ बनिन् नेपाल स्टार

आदर्श समाज सम्वाददाता
माघ १७, २०७७
elina gurung

पोखरा । पोखराकी एलिना गुरुङले वाईवाई नेपाल स्टार गायन प्रतियोगिताको उपाधि जित्न सफल भएकी छन् । नेपाल टेलिभिजनले आयोजना गरेको सो प्रतियोगिताको पहिलो संस्करणमै पोखराले उपाधि भित्राएको हो ।

शनिबार साँझ सम्पन्न फाइलनमा ३ प्रतिस्पर्धीलाई उछिन्दै एलिनाले नगद ३५ लाख रुपैयाँ पुरस्कार जितिन् । साथै १ करोड रुपैयाँ बराबरको जीवन वीमा प्राप्त गरिन् ।

उपविजेता अन्य ३ जनाले जनही ५ लाख र ५० लाख रुपैयाँको जीवन वीमा प्राप्त गरेका छन् ।

विजेता र उपविजेतालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
कास्कीको मादी गाउँपालिका वडा २, ताङतिङ घर भइ हाल पोखरा निवासी एलिनालाई जिताउन पोखरामा मेनकाजी गुरुङको संयोजकत्वमा ‘एलिना गुरुङ जिताऔं समिति’ नै गठन गरिएको थियो ।

यसअघि गायन प्रतिस्पर्धामा पोखराका बुद्ध लामाले नेपाल आईडल र सीडी विजय अधिकारीले पनि भ्वाइस अफ नेपालको उपाधि भित्राएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width