म्याग्दी । नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले संविधानविपरीत संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसला आए जनताले अस्वीकार गर्ने बताएका छन् ।
विघटित प्रतिनिधि सभामा कांग्रेस प्रमुख सचेतक एवं पूर्व रक्षामन्त्री खाँणले शनिबार बेनी–३ भकिम्लीले आयोजना गरेको वडास्तरीय तरुणदल पुनर्गठन कार्यक्रममा बोल्दै जनमतमाथि अपमान हुने गरी अदालतले फैसला गरे जनताले अस्वीकार गर्ने बताएका हुन् । उनले अदालतको अन्तिम फैसलाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानाको रक्षा गर्ने विश्वास समेत ब्यक्त गरे ।
अदालत संविधानको रक्षक भएकाले संसद विघटन अनुमोदन भए अदालतको स्वतन्त्रता गुम्ने निश्चित रहेको नेता खाँणको ठोकुवा थियो । हरेक नेपालीको अन्तिम आस्थाको धरोहर अदालत भएकाले यसपटकको फैसलाले जनताको विश्वास जित्ने वा गुम्ने अवस्था आउने बताउँदै सर्वोच्चलाई संविधानको व्याख्या गरेर फैसला गर्न अनुरोध गरे ।
नेकपाको आन्तरिक कलहका कारण संविधान ध्वस्त हुने अवस्थामा पुगेको बताउँदै नेपालमा कम्युनिस्टको पतन निश्चित रहेको बताए । उनले अहिलेको अवस्थामा कांग्रेस निर्वाचनमा नजाने समेत स्पष्ट पारे ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विगतका आन्दोलनका कम्युनिस्ट पार्टीले धोका दिएकाले अबको आन्दोलन कांग्रेस एक्लै गर्ने बताए । नेकपा वरिष्ठ नेता झलनाथ खनालले विषालु सर्प पाल्ने सरकारबाट लिएको ७२ करोड फिर्ता गर्न अध्यक्ष बस्नेतले माग गरे ।
कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, नेपाली कांग्रेस म्याग्दी सभापति खम्वीर गर्बुजा, उपसभापति माधवप्रसाद रेग्मी, सचिव मीनबहादुर कार्की, महासमिति सदस्य चिरञ्जीवी शर्मा, जिल्ला सदस्य केबी भण्डारी, बेनी नगर सभापति अनोद श्रेष्ठ, युवा व्यवसायी भीम रोका, राष्ट्रिय प्रजातान्त्रिक मगर संघका अध्यक्ष हिरा पुन, महिला संघ अध्यक्ष बिमला गौचन, तरुण दल प्रदेश संयोजक असल केसी लगायतले बोलेका थिए ।
क्या. जसबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव दलसिंह रोका र सञ्चालन जिल्ला कार्यसमिति सदस्य मनकुमारी विश्वकर्माले गरेका थिए ।
यसैबीच, होम रोकाको अध्यक्षतामा ५४ सदस्यीय तरुण दल र हीरा थापामगरको अध्यक्षतामा नेपाल राष्ट्रिय मगर संघ भकिम्ली इकाइ समिति गठन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
कम्युनिस्ट पार्टी सरकार सञ्चालनमा असफल भए : कांग्रेस नेता धनराज गुरुङ
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
hero news full width
मुख्य समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
फागुन २४, २०७७गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
फागुन २४, २०७७