पोखरा । माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वर्ल्ड च्याम्पियनसिप–२०२१ का लागि कास्कीमा आवश्यक तयारी पूरा भएको छ । ग्लोबलस्तरको सो प्रतियोगिता जिल्ला, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ३ तहमा सञ्चालन हुँदैछ ।
जिल्लास्तरको पार्टनरलाई आवश्यक व्यवस्थापनका लागि तालिम दिनुका साथै अन्य सबै तयारी पूरा भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टनर दीप आइटी एन्ड एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक दिनेश लामिछाने जानकारी दिए । प्रतियोगिता तयारीका लागि जिल्लाका निजी विद्यालयका प्रधानाध्यापक र कम्प्युटर शिक्षकलाई तालिम दिइएको छ ।
सरकारी विद्यालयका शिक्षकको लागि पनि छिट्टै कार्यक्रम सञ्चालन गर्ने लामिछानेले बताए ।
ग्लोबल सो प्रतियोगितामा नेपालका ४२ जिल्लाको सहभागिता रहने छ । साथै विश्वमा नेपालसहित १ सय ३५ देशले भाग लिने छन् । ‘यो विश्वव्यापी प्रतियोगिता हो,’ लामिछानेले भने, ‘यसमा माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गरिनेछ । विद्यार्थीलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त माइक्रोसफ्ट प्रमाणपत्र प्रदान गर्नेछ ।’
कम्प्युटर विषय लिएर पढेका र कम्प्युटरमा रुचि राख्नेले मात्र नभई अन्य पनि सहभागी भई दक्ष भएर माइक्रोसफ्ट सर्टिफिकेट प्राप्त गर्न सक्ने जनाइएको छ ।
कास्कीमा १३ देखि २२ वर्ष उमेर समूहका विद्यार्थीले दीप आइटीका पार्टनर वा कार्यालयबाट आवेदन भर्न सक्नेछन् । आवेदनवापत २ हजार १ सय ७० शुल्क बुझाउनुपर्ने छ । आवेदन दिनेहरुलाई ‘माइक्रोसफ्ट लर्निङ टिच’ सफ्टवेयर प्रदान गरिनेछ ।
‘जिल्लाबाट छनोट भएकाहरु राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिने छन् । त्यसबाट ६ जना विजेताको छनोट हुनेछ,’ लामिछाने भने, ‘प्रतियोगिता माइक्रोसफ्ट–२०१६ र २०१९ को वर्ड, एक्सल र पावरपोइन्टमा गरी ६ विधामा हुनेछ ।’
प्रत्येक विधाका विजेता गरी ६ जना नेपालको प्रतिनिधित्व गर्दै अमेरिका जान पाउने छन् । अन्तर्राष्ट्रिय रुपमा विजेता हुनेले ७ हजार अमेरिकी डलर, उपविजेताले ३ हजार ५ सय डलर र तृतीयले १ हजार ५ सय डलर प्राप्त गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान
सामाजिक सञ्चालमा उत्तेजक अभिव्यक्ति दिए कारवाही
फेसबुक र ट्वीटर पछि युट्युबले पनि गर्याे राष्ट्रपति ट्रम्पको अकाउन्ट बन्द
विश्व ब्रेल दिवसमा स्वास्थ्य सचेतनासहित ब्रेल सामग्री वितरण
hero news full width
मुख्य समाचार
टाइगर कपबाट १९ लाख बचत
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७