चौतारी युवा क्लबको रक्तदान

आदर्श समाज सम्वाददाता
माघ १६, २०७७
blood

लेखनाथ। सहिद दिवस अवसरमा पोखरा ३२, राजाको चौतारास्थित चौतारी युवा क्लबको आयोजनामा खुला रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४० युनिट रगत संकलन भयो ।

क्लबको सो १७ आंै रक्तदान कार्यक्रम वडा अध्यक्ष अक्कलबहादुर कार्कीले गर्दै क्लबको लागि वडाबाट हुने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक महेन्द्र केसी, बाटिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धर्मबहादुर वस्नेत, वडा सदस्य विष्णु तिवारी, आयोजक क्लब अध्यक्ष इन्द्रविलास पौडेलले रक्तदानको महत्वबारे बोलेका थिए ।

पोखरा ३२ का सन्दीप शर्माले आफ्नो १६ औं जन्मदिन अवसरमा क्लबको सामाजिक कार्यप्रति खुसी व्यक्त गर्दै २ हजार ५ सय रुपैयाँ संस्थाका अध्यक्ष इन्द्रविलास पौडेललाई हस्तान्तरण गरे ।

कार्यक्रम सञ्चालन क्लब सचिव पुकार श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग