लागु औषधसहित पक्राउ

आदर्श समाज सम्वाददाता
माघ १६, २०७७
lagu

पोखरा । कास्की प्रहरीले लागु औषध सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको फूलखर्क घर भइ हाल पोखरा छोरेपाटन बस्ने २९ वर्षीय दीपक थापा र पोखरा २१ का २७ वर्षीय सन्तोष सुवेदी हुन् ।

बिहीबार गगनगौंडास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तनहुँदेखि पोखरा आउँदै गरेको ग १७ प ५५८४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागु औषध बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट डाइजापाम ३७ एम्पुल, फेनरागन ३७ एम्पुल, नुफ्रिनुर ३७ थानसहित ९ हजार रुपैयाँ बरामद गरिएको छ ।
उनीहरुविरुद्ध लागु औषधसम्बन्धी कसूरअन्तर्गत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवा हमालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width