पोखरा। महिलाको मुद्दामा सामूहिक आवाजका लागि गत वर्षदेखि गठन प्रक्रियामा रहेको महिला महासंघको अपरिहार्यताबारे पोखरामा प्रदेशस्तरीय अभिमूखीकरण भएको छ ।
दुई दिनसम्म चलेको कार्यक्रममा महिला महासंघ गठनको संयोजन गरिरहेको शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिल सञ्जाल संकल्पका अध्यक्ष लीली थापाले सहजीकरण गरेकी थिइन् ।
उनले देशमा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन भएपनि महिलाका विषयले अझै पनि स्थान नपाइरहेको उल्लेख गर्दै महिलाको नीतिगत रुपमा अर्थपूर्ण सहभागिताको लागि महिला महासंघको आवश्यकता रहेको औंल्याइन् । उनले भनिन्, ‘देशमा जस्तोसुकै परिवर्तन आए पनि महिलामैत्री नीति बन्न सकेको छैन, आज पनि द्वन्द्व पीडित महिलाले न्याय पाउन सकेका छैनन् भने एकल महिलाको अवस्था पनि उस्तै छ । यी विविध विषयमा लागि अब महिला महासंघले आवाज उठाउने छ ।’
उनले महिलाका साझा सवालका लागि जातिगत, वस्तुगत, राजनीति सबैबाट बाहिर आएर नितान्त महिलाको साझा समस्यामा केन्द्रित भएर महासंघले काम गर्ने बताइन् ।
महासंघको सदस्यताको लागि केही मापदण्ड बनाइएको छ । सदस्य बन्न महिलाले नेतृत्व गरेको कम्तीमा २ वर्षदेखि महिला तथा बालबालिको क्षेत्रमा काम गरेको क्रियाशील संस्था हुनुपर्नेछ । कुनै पनि पार्टीको राजनीतिक जिम्मेवार पदमा बसेका व्यक्ति संस्थाको सदस्य बन्न पाउने छैनन् ।
कार्यक्रममा सहभागी महिला प्रतिनिधिले महासंघले उठान गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए । विशेषगरी नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता, महिला हिंसा न्यूनीकरणका लागि पहल, आमाको नामबाट सहज रुपमा नागरिकता दिनुपर्ने, विभेदकारी कानुनको अन्त्य गर्नुपर्ने, स्रोतसाधनमाथि महिलाको पहुँच हुनुपर्ने, समनताका लागि समतामूलक अभ्यासबाट अवसर प्रदान गर्नुपर्ने, लैङ्गीक उत्तरदायी तथा समावेशी शासनमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका महिला तथा बालबालिको क्षेत्रमा क्रियाशील १५ संस्थाका महिला प्रतिनिधिको उपस्थित थियो ।
अभिमुखीकरणमा महिला महासंघ गण्डकीको प्रदेश तदर्थ समितिमा आमा मिलन केन्द्रलाई संयोजक चयन गरिएको संकल्प गण्डकी सचिव प्रमिला तझ्याले बताइन् ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
सर्वाेच्चकाे फैसलाकाे सर्वत्र स्वागत, खुसियालीमा दीपावली
hero news full width
मुख्य समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
फागुन १२, २०७७कोरोनाको खोप : पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए
फागुन १२, २०७७