हेमजा । नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था, बगालेटोलले जिल्ला सहकारी संघ कास्कीमा नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ ।
कार्यक्रममा नव सिद्धार्थका सल्लाहकार एवं संघका नवनिर्वाचित अध्यक्ष सावित्रा कोइरालाले सहकारी आमनागरिकको जीवन पद्दति भएको बताउँदै संस्था नीति, विधि र पद्दतिबाट चल्नुपर्ने जनाइन् ।
संघको निवर्तमान अध्यक्ष रविरमण तिवारी, वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, महिला उपाध्यक्ष अम्विका गौतम, महासचिव दीपक बास्तोला, कोषाध्यक्ष नवराज बराल, राष्ट्रिय प्रतिनिधि दीपकप्रकाश आचार्य, विषयगत संघ प्रतिनिधि आनन्द सुवेदी छन् ।
त्यस्तै कौशिला गुरुङ, चन्द्रा पराजुली, मैनादेवी राउत, खेमबहादुर गुरुङ, धनराज पुरी, विना लोहनी सदस्य छन् । अधिवेशनले धर्मबहादुर गुरुङको संयोजकत्वमा रमण पौडेल र विमला थापा बस्नेत सदस्य रहेको लेखा सुपरीवेक्षण समिति पनि गठन गरेको थियो ।
कार्यक्रममा सहकारी अध्यक्ष कल्पना श्रेष्ठ, सदस्य डाल्डादेवी भुजेल, व्यवस्थापक खेमराज अधिकारी लगायतले संघको नवनिर्वाचित टोलीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
Related News
सम्बन्धित समाचार
रुपाकोट रिसोर्टले निस्काशन गरेका मजदुरको पुनवर्हाली माग्दै ज्ञापनपत्र
लेखनाथ उवा संघको अधिवेशन २०७८ भदौ १८ र १९ गते
निशान म्यागनाइट गाडी नेपाली बजारमा
नेपाली घ्यू जापानमा लोकप्रिय
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
hero news full width
मुख्य समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
फागुन १२, २०७७