लेखनाथ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देश निर्माणमा भन्दा ध्वंस गर्ने प्रवृत्ति भएकाहरु पार्टीबाट बाहिरिएको बताएका छन् ।
नेकपा केपी समूहले शुक्रबार लेखनाथमा आयोजना गरेको पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य समेत रहका मन्त्री भट्टले सो कुरा बताएका हुन् ।
उनले पार्टी बलियो बनाउँदै देश निर्माणको अभियानमा लाग्नुपर्ने समयमा केही साथीहरुमा पलाएको घमण्ड र ध्वंसात्मक विचारले पार्टीलाई कमजोर बनाएर पछाडि हटेको बताए ।
‘नेकपा अझै पनि फुटेको छैन । उहाँहरुमा उब्जिएको केहीबेरको आक्रोशले अस्थिरता सृजना भएको मात्र हो,’ मन्त्री भट्टले भने, ‘पार्टी छोडेर जानेहरुलाई विचारबाट परास्त गरेर विशाल हृदयले स्वागत गर्ने दिनको पर्खाइमा छौं ।’
प्रचण्ड–नेपालको समूहलाई ‘डेट एक्स्पाएर’ भएको औषधीको संज्ञा दिँदै मन्त्री भट्टले त्यस्तो औषधी प्रयोग गर्न पनि नहुने भएकाले अबको चुनावबाट जनताले उचित ठाउँमा व्यवस्थापन लगाउने ठोकुवा गरे । अरुको जीवनलाई जीवन नदेख्ने तर अरुको मृत्युलाई जीवन देख्नेहरुको जमात अहिले प्रतिक्रान्ति भन्दै सडकमा ओर्लिएको उनको आरोप थियो । उनले आगामी वैशाखमा हुने निर्वाचनले त्यसको परिणाम देखाउने र बाहिरिएकाहरु पुनस्र्थापना केन्द्रमा भर्ना हुनु सिवाय अरु कुनै नहुने बताए ।
नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले निर्वाचनका समयमा देश र जनताका बीचमा राखेका प्रतिवद्धता पूरा गर्न नसक्ने शक्तिले विखण्डनको बाटो अवलम्बन गरे पनि पछि आत्मालोचना गरेर मूल प्रवाहमा नै फर्कने विश्वास व्यक्त गर्दै अझै पनि सहकार्यको ढोका खुला रहेको बताए ।
नेकपा पोखरा महानगरपालिका संयोजक दीपक पौडेलले इच्छा नहँुदा नहुँदै प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको बताए ।
नेकपा वडा २७ का अध्यक्ष सूर्यमणि लामिछानेले मत माग्ने बेला कार्यकर्ता जनताका बीच गएर धरौटीमा बसेको प्रसंग जोड्दै शीर्षनेताले तल्लो तहका जनता र कार्यकर्ताको मनोभावना बुझेर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
भेला संयोजक सूर्यमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा ३० का अध्यक्ष कृष्णप्रसाद अधिकारी र धन्यवाद ज्ञापन सहसंयोजक तीलकुमारी थापामगरले गरेकी थिइन् । भेलामा नेकपा पोखरा २६ देखि ३२ सम्मका अगुवा कार्यकर्ताको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७